Homeसमाचारसमाचारमा भाषाशैली प्रयोग र प्रस्तुतीकरण बलियो हुनुपर्नेमा जोड

समाचारमा भाषाशैली प्रयोग र प्रस्तुतीकरण बलियो हुनुपर्नेमा जोड

धुलावारी २२ पुस । पत्रकारिता क्षेत्रमा बढ्दो आकर्षणसंगै उदियमान पत्रकारलाई लक्षित गरी झापाको धुलावारीमा कार्यक्रममा पत्रकारिता पेशालाई पठनीय, श्रवणीय बनाउनका लागि अपनाउनुपर्ने तरिका बारे छलफल भएको छ ।
मेचीनगर नगरपालिकाको सहयोगमा नारी सञ्चार गृह झापाको आयोजना सञ्चालित दुईदिने नेतृत्व विकास तथा अन्तरक्रिया कार्यक्रम अन्तरगत आज विषयवस्तुको छनौट, प्रस्तुतिकरण, भाषा शैलीको प्रयोग, शब्द चयन लगायतका प्राविधिक कुराले समाचारमा पार्ने प्रभावका बारेमा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहनकाजी न्यौपाने प्रशिक्षण दिनु भएको थियो ।
साथै कार्यक्रमको पहिलो दिन मेचीनगर क्षेत्रका जनप्रतिनिधिले उठाएका सार्वजनिक विषयबस्तु र पत्रकारले सञ्चारको माध्यमबाट सुधारका लागि गर्न सकिने सकारात्मक प्रयासका बारेमा छलफल भएको थियो ।
त्यस्तै नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष केशव भट्टराईले समाचार वाचन गर्दा ध्यान दिनुपर्ने कुरा, रेडियो म्यागेजिन, स्टेशन आइडी, पिएसए, सूचनाको पहुँच लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा सहभागीका तर्फबाट रूपा बुढाथोकी, उमेश खतिवडा, रिता दाहाल, मन्जिल नेपालले अग्रजहरूबाट टाढिएका युवा पत्रकारलाई कार्यक्रमले जोडेको भन्दै आगामी दिनमा सामुहिक रिपोर्टिङको अभ्यास गर्ने बताए ।
यसअघि बुधबार आयोजित कार्यक्रममा मेचीनगर नगरपालिकाका वडा तहका जनप्रतिनिधिहरुले स्थानीय तहमा जिम्मेवारी सम्हालेपछि भोग्नु परेका समस्याबारे छलफल भएको थियो ।
सो क्रममा वडा सदस्यहरुले वडादेखि नगरसम्म देखिएका समस्या, भोग्नु परेका अप्ठ्यारा, समाजमा अझै पनि महिलालाई हेर्ने दृष्टिकोण, महिला महिलाबीचको प्रतिशोधको भावनाले गुमाउनु परेको अवसर, योजना छनौट, आमाको नामबाट नागरिकता वितरणमा देखिएको समस्या, पञ्जीकरणमा देखिएको अन्योल, कर्मचारीको व्यवहार, विकास तथा लक्षित बजेटमा भएको विभेद र कटौती, बेमौसमी प्रकोपको क्षतिपूर्तिले निम्त्याएको समस्याका बारेमा खुलेर अनुभव प्रस्तुत गरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसमाचारमा भाषाशैली प्रयोग र प्रस्तुतीकरण बलियो हुनुपर्नेमा जोड
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img