Homeखेलबुद्धशान्तिमा दोस्रो भोटेटार अन्तर जिल्लास्तरीय फुटवल हुने

बुद्धशान्तिमा दोस्रो भोटेटार अन्तर जिल्लास्तरीय फुटवल हुने

बुद्धशान्ति ७ पुस । झापाको बुद्धशान्तिमा दोस्रो भोटेटार अन्तर जिल्ला स्तरीय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । कोरोना कहरका बेला लामो समय खेल प्रतियोगिता हुन नसकिरहेको अवस्थामा बुद्धशन्तिको भोटेटारमा फुटबल हुन लागेको हो ।
बुधबार आयोजक समितिले पत्रकार सम्मेलन गर्दे पौष १७ गते देखि २४ गतेसम्म फुटवल प्रतियोगिता आयोजना गर्ने तयारी गरिएको खेल संयोजक नन्दकुमार याम्फु (राई) ले बताएका छन् । लागु–औषध दुब्र्यसनी रोकथाममा सहयोग पु¥याउने उद्देश्यले दोस्रो भोटेटार अन्तर जिल्ला स्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको हो । पछिल्लो समय लागु–औषध प्रयोगकर्ता बढ्दै गएको र रोकथाम गर्न फुटबल सहयोगी बन्ने अपेक्षा आयोजकको छ ।
फुटवल खेलमा उनीहरुलाई ब्यस्त राख्ने, लागु–औषध प्रयोगकर्तालाई निःशुल्क उपचार गर्ने, लागु–औषध बिरुद्ध जनचेतनामुलक कार्यक्रम आयोजना गर्ने, बिपन्न विद्यार्थीको पठन–पाठनमा सहयोग पु¥याउने र नमुना आधारभूत विद्यालयमा स्थापित अक्षयकोषलाई बृद्धि गरि १ लाख रुपैयाँ बनाउने उद्देश्यले यहि पौष १७ गते देखि २४ गतेसम्म फुटवल प्रतियोगिता आयोजना गर्ने तयारी गरिएको बुधवार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।
न्यू–स्टार युथ क्लवले आयोजना गर्ने सो फुटवल प्रतियोगिताको तयारी तीब्र रुपमा भइरहेको खेल संयोजक नन्दकुमार याम्फु (राई) ले जानकारी दिए । प्रतियोगितामा झापा, मोरङ र इलामका चलेका ८ वटा फुटवल क्लवले सहभागिता जनाउने आयोजकले जनाएको छ ।
जिल्ला फुटवल संघ झापाले उक्त फुटवल आयोजना गर्न स्विकृती दिएको छ । प्रतियोगिताको उपाधि जित्ने टिमले नगद ५० हजार सहित ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछ भने उप–विजेता टोलीले नगद ३० हजार सहित ट्रफि, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने क्लवका अध्यक्ष कमल मुखियाले जानकारी दिए ।
त्यस्तै, प्रतियोगिताको उत्कृष्ट गोल रक्षक, डिफेन्डर, मिड–फिल्डर, फरवर्ड, उच्च गोलकर्ता लगायतले पुरस्कार पाउने क्लवका सचिव गजुहाङ लिम्बूले बताए । उनका अनुसार बुद्धशान्ति गा.पा.को उत्तरी क्षेत्रमा रहेको भोटेटारको प्रचार–प्रसार संगै फुटवल खेलको प्रवद्र्धन गर्न प्रतियोगिता सहयोगी बन्ने छ । भोटेटार खेल मैदानमा हुने प्रतियोगिता सम्पन्न गर्न करीव ५ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
खेलबुद्धशान्तिमा दोस्रो भोटेटार अन्तर जिल्लास्तरीय फुटवल हुने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img