HomeFeatured 2फाल्गुनन्दको जन्मजयन्तीमा टिसर्ट वितरण र शौचालय उद्घाटन

फाल्गुनन्दको जन्मजयन्तीमा टिसर्ट वितरण र शौचालय उद्घाटन

भद्रपुर २५ कार्तिक । झापाको मेचीनगर ९ स्थित किरांतेश्वर माङहिमले किराँतेश्वर महान गुरु फाल्गुनन्दको १३७ औं जन्म जयन्तीको अवसरमा साँस्कृतिक पुजासहित विविध कार्यक्रम गर्दै जन्मजयन्ति मनाइएको छ ।
मन्दिर परिषरमा विहिवार आयोजित कार्यक्रमका बीच २० जना धार्मिक गुरुहरुलाई धर्मगुरुको जन्मजयन्ती लेखिएको टि सर्ट प्रदान गर्नुका साथै नवनिर्मित शौचालय उद्घाटन गरिएको छ ।
मेचीनगर नगरपालिका वडा नं. १० का वडाअध्यक्ष सुवेशकुमार पनेरुले नगरपालिकाबाट विनियोजित २ लाख ५० हजारको लागतमा गत आर्थिक वर्षमा मा निर्माण गरिएको शौचालयको उद्घाटन गर्नु भएको थियो ।
माङहिम अध्यक्ष कविन्द्र बिक्रम नेम्वाङको अध्यक्षतामा सम्पनन कार्यक्रममा प्रमुख अतिथि पनेरु , प्रेम सम्वाहाम्फे, ओम प्रकाश खापुङ्ग, ईन्द्र प्रधान लगायतले मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन डिल्लीराम लिम्बुले गर्नु भएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2फाल्गुनन्दको जन्मजयन्तीमा टिसर्ट वितरण र शौचालय उद्घाटन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img