भद्रपुर । झापाको भद्रपुर जेसीजले सञ्चालन गरेको कोभिड १९ बाट संक्रमीत बिमारीका लागि एक संक्रमित एक दाता भन्ने अभियान अन्र्तगत हाल सम्म २२९ जना संक्रमीतलाई स्वास्थ्य सामग्रीसहित पौष्टिक आहारा वितरण गरेको छ ।
जेसीज अभियानले विभिन्न दाताहरुको २ लाख ६० हजार रुपैयाँको सहयोगमा नगरपालिका भित्र वडा नं–४ देखि १० सम्मका संक्रमितहरुलाई पौष्टिक आहार तथा स्वास्थय सामग्री वितरण गरेको हो ।
सेनिटाइजर, मास्क, साबुनसहित पौष्टिक आहारा हर्लिस, च्यवनप्रास, भिटामिन बी र सी तथा जीङ्ग नामक औषधी वितरण गरिएको अभियान संयोजक युवराज न्यौपानेले बताउनु भयो ।
गत जेठ ३० गते देखि संचालित अभियानबाट भद्रपुरका १० वटै वडाका संक्रमितहरुलाई उक्त सामग्री वितरण गर्ने अभियानमा जेसीज रहेको जेसीज अध्यक्ष निकाश पाण्डे खिलाराजले बताउनु भयो ।
भद्रपुर जेसिजको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत सञ्चालन गरिएको यस अभियानबाट संक्रमित विरामीहरुलाई थोरै भए पनि राहत पुग्ने अध्यक्ष पाण्डेको भनाई छ ।
उहाँका अनुसार बाँकी रहेका नगरपालिका ३ वटा वडा वडा नं.– १, २ र ३ मा अभियान जारी रहेको छ । अभियान सञ्चालनका लागि घर घर पुगेको जेसीजले यो क्रमलाई निरन्तरता दिने जनाएको छ ।
भद्रपुरका २२९ जना संक्रमीतलाईलाई जेसीजको सहयोग

































































































