भद्रपुर । नेपाल शिक्षक महासंघ नगर समिति भद्रपुरले विद्यालय कर्मचारी, बाल कक्षा शिक्षक तथा कार्यालय सहयोगीहरुलाई संघीय सरकारले तोके बमोजिमको तलब सुबिधालाई भद्रपुर नगरपालिकाले नगरसभाबाट बजेट नछुटाएको भन्दै विभिन्न आन्दोलनका कार्यक्रम सहित नगर उपप्रमुखलाई अपिल पत्र बुझाएको छ ।
महासंघ भद्रपुर अध्यक्ष गणेश गिरीको नेतृत्वमा नगरका क्रियाशिल ६ वटा पेशागत संगठनका प्रतिनिधिहरु सहितको टोलीले आइृतबार नगरपालिका गएर नगर उपप्रमुख चन्द्रमाया श्रेष्ठलाई २ बुँदे आन्दोलनका कार्यक्रम सहित अपिल पत्र बुझाएका हुन् ।
आन्दोलनका कार्यक्रम अन्र्तगत अपिल मार्फत तलव बृद्धिलाई तत्काल समेट्न जानकारी गराउने र यहि असार १४ गतेदेखि १८ गतेसम्म आफुहरुको माग सुनुवाई नभएमा दैनिका २/२ घण्टा नगरपालिकामा सरोकारवाला शिक्षक शिक्षिकाहरु शान्तिपूर्ण धर्नामा बस्ने र पनि आफुहरुको माग सुनुवाई नभएमा थप आन्दोलन गर्ने रहेको छ ।
अपिल पत्र ग्रहण गर्दै नगर उपप्रमुख श्रेष्ठले नगरपालिकाले विभिन्न शिर्षकबाट प्राप्त हुने कर समयमा प्राप्त हुन नसकेकोले नगरपालिकालाई साढे ६ करोड बजेट घाटा रहेको बताउदै मागप्रति छलफल गरी वार्ताबाट समस्याको समाधान गरिने बताउनु भयो ।
नगर शिक्षा शाखा प्रमुख प्रेम भुजेलले संघीय सरकारले हचुवाको भरमा तलब बृद्धिको बजेट ल्याएको बताउदै सरकारले तोकेको तलवलाइृ स्थानीय तहले कार्यन्वयन गर्न नसक्ने बताउनु भयो ।
सरकारले १५ हजार रुपैयाँ सम्पूर्ण विद्यालय कर्मचारी, कार्यालय सहयोगी तथा बाल शिक्षकलाइ प्रदान गर्ने निणर्य पारित गरेको थियो । नगरपालिकाले यहि असार ९ र १० गते सम्पन्न नगरसभाबाट बाल शिक्षकहरुको ३ हजार र कर्मचारीहरुको २ हजार मात्र बृद्धि गर्ने निर्णय गरेको थियो ।
झापाका सबै स्थानीय तहहरुले संघीय सरकारको बजेट बक्तव्य अनुसार नै तलब बृद्धि गरे पनि भद्रपुर नगरपालिकाले मात्र कार्यन्वयन नगर्दा आन्दोलन गर्नु परेको अपिलमा उल्लेख छ । तत्काल माग सम्बोधन गर्न समेत महासघंले नगरपालिकालाइ आग्रह गरेको छ ।
नगरसभाबाट बजेट नछुट्याएको भन्दै विद्यालय कर्मचारी र बालकक्षा शिक्षक आन्दोलित

































































































