अर्जुनधारा । झापा अर्जुनधारा नगरपालिका ११ स्थित अर्जुनधारा बस्ने ४० बर्षीय माइकल सोरेनको पोखरीमा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको छ ।
आइतबार बेलुका पौने ६ बजे घर देखि २० मिटर पश्चिममा रहेको माछा पोखरीमा माछा मार्ने क्रममा पोखरीमा डुबेर बेपत्ता भएका थिए । घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय अनारमणी र १ नम्बर प्रदेश बिपत ब्यबस्थापन चन्द्रगढी झापाबाट उद्दारका लागि खटिएको प्रहरी सोमबार (आज) बिहान १० बजे मृत फेला पारेको जनाइएको छ ।
पोखरीमा माछा मार्ने क्रममा डुबी मृत्यु

































































































