विर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टी बिर्तामोडले कोरोना संक्रमणका कारण नगर क्षेत्रमा देखिएका समस्या तथा नगरपालिकासंग सम्बन्धित रहेर सार्वजनिक रुपमा उठेका समसामयिक विषयलाई स्पष्ट पार्न ध्यानकर्षण गराएको छ ।
राप्रपाका नगर अध्यक्ष रञ्जु प्याकुरेलको नेतृत्वमा गएको टोलीले कोरोना संक्रमणको महङ्गो उपचारका कारण कोरोना संक्रमित सर्बसाधारण उपचार बिना मर्नुपर्ने बाध्यताको अन्त्यका लागि स्थानीय अस्पतालहरुसग सरकारले निःशुल्क उपचारको ब्यवस्था मिलाउन नगरपालिको तर्फबाट पहल गर्न माग राप्रपा विर्तामोड नगर समितिले नगरपालिका समक्ष माग गरेको छ ।
साथै राप्रपाले विगत केही दिनदेखि बिर्तामोड नगर अस्पतालबाट स्वास्थ्य बिमा अन्तर्गत बिमा बापतको औषधि पसल संचालनका लागि गरिएको ठेक्का प्रक्रिया अपारदर्शी र भ्रष्टाचार भएको भन्ने समाचारबारे स्पष्ट पार्न माग गर्दै ध्यानाकर्षण गराएको छ ।
विभिन्न समसामयिक विषयमा ध्यानाकर्षण गराएको राप्रपाद्वारा बिर्तामोड नगरपालिका प्रमुख ध्रुवकुमार शिवाकोटीलाई बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ–‘पिसिआर परिक्षणको दायरा र स्वाव संकलनको समयावधि बढाउँन र स्वास्थ्यकर्मीहरुको नगर स्तरिय टोलिले संक्रमितहरुको घरघरै पुगेर सेवा प्रदान गर्न, छाक टार्न कठिन भएकालाई तत्काल राहतको व्यवस्था गर्न, नगर अस्पतालको बिमा बापत बितरण गरिने औषधि पसलको ठेक्का प्रकृया सम्बन्धमा सत्य तथ्य छानबिन गरि नगरबासीहरुलाइ सुसूचित गर्न स्थानिय सरकारलाइ ध्यानाकर्षण गराउछौं ।’
जनसरोकारका विभिन्न ५ बुँदे विषयबस्तु समेटिएको ध्यानकर्षण पत्रमा कोभिड संक्रमणको आशङ्का भएमा जुनसुकै समयमा सम्पर्क गर्न पाउने भरपर्दो संयन्त्रको व्यवस्था गर्नुपर्ने, संङ्क्रमीत वा आशङ्का भएका मानिस र उसको परिवारलाई उचित परामर्श दिने, मनोबल बढाउने एक परामर्श समिति बनाउने, स्वास्थ्य उपचारका लागि तुरुन्त कदम चाल्न स्वास्थ्य टिम ९त्तगष्अप चभकउयलकभ जभबतिज तभबm० बनाउने, नगर अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवाको बारेमा सम्पूर्ण नगरबासीलाई जानकारी गराउन, बन्दका कारण भोकै बस्न बाध्य ज्यालादारी मजदुरहरु , ठेला ई रिक्सा र टेम्पो चालकहरु लगायत सम्पूर्ण विपन्न नगरबासीलाई राहतको व्यवस्था गर्न ध्यानाकर्षण गराएको छ ।
क्षेत्र नं २ प्रदेश क का अध्यक्ष शंकर रिजाल नगर उपाध्यक्ष किरण पौड्याल र नगर सदस्य राधेश्याम माझिको सहभागिता रहेको थियो ।
कोरोना संक्रमित सर्बसाधारणको निःशुल्क उपचारको पहल गर्न राप्रपा बिर्तामोडको माग



















