Homeसमाचारनिशुल्क खोप ब्यवस्था गर्न झापा कांग्रेसको माग

निशुल्क खोप ब्यवस्था गर्न झापा कांग्रेसको माग

विर्तामोड १४ जेठ । नेपाली कांग्रेस झापाले कोरोना संक्रमणको नियन्त्रण र नागरिकको स्वास्थ्य सुरक्षामा संवेदनशिल हुन सरकारलाई सचेत गराएको छ । नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले आज एक विज्ञप्ति जारी गर्दै जनताको जीउधनको सुरक्षा गर्नुपर्ने दायित्वबाट सरकार च्युत भएको भन्दै यसप्रति संवेदनशील हुन सचेत गराउनुभएको हो ।
कोरोना महामारी नियन्त्रणका लागि अविलम्ब सबै नागरिकलाई निःशुल्क खोपको ब्यवस्था गर्न, सबै अस्पतालहरुमा अक्सिजन प्लान्ट स्थापना गर्न, कमजोर आर्थिक अवस्थाका अस्पताललाई अक्सिजन प्लान्ट जडानमा अनुदान उपलब्ध गराउन, मेची अञ्चल अस्पतालमा रोकिएको पिसिआर परिक्षण तत्का सुचारु गर्न, उक्त अस्पतालमा आइसियु बेड, भेन्टिलेटर विस्तार गर्न र न्युन आर्थिक अवस्थाका कोभिड संक्रमीतको निःशुल्क उपचारको प्रबन्ध मिलाउन पनि माग गरिएको छ ।
कोरोना संक्रमणका कारण रोजगारी गुमाएका, लामो समयको लकडाउनबाट खाद्य संकटमा परेका नागरिकहरुलाई जीवन जिउन पुग्ने राहत उपलब्ध गराउन, ज्यानको बाजी थापेर कोभिडको उपचारमा खटिएका स्वास्थ्यकर्मीमा मनोबन बढाउन सेवा सुविधा विस्तार गर्न पनि विज्ञप्तिमार्फत माग गरिएको छ ।
कोरोना महामारीबाट जनताले जीवन गुमाइरहँदा समेत सरकारका मान्छेहरुबाटै औषधि तथा अत्यावश्यक सामग्री खरिदमा भ्रष्टाचार भएको भन्दै विज्ञप्तिमा यसको निश्पक्ष छानविनका लागि न्यायिक आयोग गठन गर्न पनि माग गरिएको छ ।
सभापति उद्वव थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ को रोकथाम गरी जनताको जीउ धनको सुरक्षा गर्नुपर्ने आफ्नो परम कर्तब्यबाट सरकार च्यूत भएको आरोप लगाउँदै आम जनताको स्वास्थ्य सुरक्षाप्रति संवेदनशील हुन सचेत गराइएको हो ।
‘वर्तमान केपी ओली नेतृत्वको असंवैधानिक सरकार हुनै नसक्ने चुनावको नक्कली कुरा गरेर जनतालाई मृत्युको मुखमा धकेलिरहेको छ’–विज्ञप्तिमा भनिएको छ–‘देश र जनताकाप्रति यो भन्दा बेइमानी, धोका र षडयन्त्र अरु के हुनसक्छ ? ओली सरकार राष्ट्र र जनताको बिरुद्ध असंवैधानिक गतिविधि गरिरहेको छ ।’
कोरोना महामारी नियन्त्रणमा दातृ निकाय, प्रमुख प्रतिपक्षी दल, नागरिक समाज तथा विभिन्न सामाजिक संघसंस्थाबाट प्राप्त सहयोग सामग्रीमा समेत सरकारका मन्त्रीहरुको तस्बिर टाँसेर वितरण गरेको सरकारले चुनावी प्रचारको निकृष्ट शैली अपनाएको उल्लेख गर्दै विज्ञप्तिमा सरकारमा बस्नेहरुको यस्तो निर्लज्ज कार्यको निन्दा र भत्र्सना गरिएको छ ।
कोरोना महामारीको यस विपद्मा जनताको सेवामा जुट्न सबै तह र तप्काका नेता कार्यकर्तालाई आह्वान गर्दै विज्ञप्तिमा संक्रमीतका लागि आवश्यक पर्ने अक्सिजन, स्वास्थ्य सामग्री संकलन तथा वितरण, लामो समयको लकडाउनबाट समस्यामा परेका जनतालाई राहत वितरण कार्यमा सहयोग गर्न पनि नेपाली कांग्रेसप्रति शुभेच्छा राख्ने सबै पेशाकर्मी, उद्योगी, ब्यवसायी, सामाजिक संघसंस्था एवं पार्टी कार्यकर्तामा अपिल गरिएको छ ।
कोभिड संक्रमणमा परेका आम नागरिकको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै विज्ञप्तिमा कोरोनाबाट ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारमा गहिरो दुःख ब्यक्त गरिएको ।
नेपाली कांग्रेस झापाले कोभिड महामारीविरुद्ध लड्न पार्टी कार्यालयहरु आइसोलेशन सेन्टरका लागि दिने निर्णय गरिसकेको छ भने जिल्लामा जिल्ला सभापति र संसदीय निर्वाचन क्षेत्रमा क्षेत्रीय सभापतिहरुको संयोजकत्वमा कोभिड सहायता समिति गठन गरिसकेको छ । संक्रमीतको पीडामा परेका नागरिकका घरदैलोमा पुगेर सेवा र सहयोग गर्न पार्टीले गरेको निर्देशन पालना गर्न–गराउन पनि आम नेता–कार्यकर्तामा आग्रह गरेको छ ।यसैबीच बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा कार्यरत डाक्टर र नर्सलगायतका स्वास्थ्यकर्मीलाई कुटपिट गरेको आरोपमा सत्तारुढ पार्टीका कार्यकर्ता नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मानबहादुर रावत लगायत ३ जनालाई प्रहरीले पक्राऊ गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै विज्ञप्तिमा पक्राऊ परेका दोषीलाई छुटाउन सत्तापक्षबाट भइरहेको जालझेलको निन्दा र भत्र्सना गरिएको छ । दोषीमाथि हदैसम्मको कारबाही गरेर सुरक्षित वातावरण बनाउन पनि माग गरिएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारनिशुल्क खोप ब्यवस्था गर्न झापा कांग्रेसको माग
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img