विर्तामोड । प्रजातान्त्रिक समाजवादका याेद्वा सिके प्रसाइकी धर्म पत्नी गिरीराजकुमारी प्रसाईं (ज्ञानु मुवा)काे मंगलबार बेलुका निधन भएकाे छ ।
भरतबाबूसंगै राजनीतिमा आफूपनि प्रत्यक्ष संलग्न गिरीराजकुमारी विगत केहीदिनदेखि अस्वस्थ्य भइ उपचाररत हुनुहुन्थ्यो । राजनीतिका साथै पछिल्लाे समय समाजसेवा मार्फत सामाजिक रूपान्तरणमा सक्रिय उहाँको ९० वर्षकाे उमेरमा निधन भएकाे हो । पछिल्लो समय न्युमोनियाबाट विरामी हुनुभएपछि उहाँलाई उपचारार्थ विर्तामोडस्थित विएण्डसी हस्पिटलमा भर्ना गरिएको थियो । आठ दिन अघि उपचारका लागि अस्पताल पुर्याइएकी प्रसाईको मंगलबार भने एक्कासी किड्नीले समेत काम गर्न छोडेको छोरी रमिताले जानकारी दिनुभयो । अन्तिममा किड्नीले पनि साथ दिएन । छोरी रमिलाले भन्नुभयो–‘न्युमोनिया भएपछि अस्पताल लगिएको थियो । न्युमोनिया ठिक भएपनि विहानैदेखि पिसाव लागेको थिएन ।’
नेपाली लोकतान्त्रिक आन्दोलन नेपाली जनताका वाक् प्रकाशन स्वतन्त्रता जस्ता लोकतान्त्रिक अधिकार प्राप्तिको लागि आवाज बुलन्द गरे वापत तत्कालीन सरकारले सर्वस्व हरण एवं देश निकालाको कारवाही गर्दा समेत आफ्ना जीवन साथी सिके प्रसाईलाई प्रजातन्त्र प्राप्तिको आन्दोलनबाट विचलित हुन नदिई अझ दृढतापूर्वक अघि बढ्न उत्प्रेरित गर्नुहुने एवं आफ्नो सम्पूर्ण जीवन नै राष्ट्र, राट्रियता र लोकतन्त्रका लागि समर्पित गर्नुहुने नेपाली लोकतान्त्रिक आन्दोलनको इतिहासकै मानक व्यक्तित्वका रूपमा लिइन्छ ।
सिके प्रसाईकाे राजनीति संगै राजनीतिमा हाेमिनु भएकी स्व गिरिराज कुमारी २०५६ सालकाे आम निर्वाचनमा झापा साविक क्षेत्र नं २ बाट संसदीय निर्वाचनमा हालका प्रधानमन्त्री केपी शर्मओली सँग प्रतिष्पर्धा गर्नु भएकाे उहाँ पार्टीभित्रकै गुटगत राजनीतिका कारण (१७) मतले पराजित हुनुभएकाे थियाे ।
प्रसाईकाे निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै भन्नुभएकाे छ-नेपाली राजनीतिको अग्रणी महिला, बिचार, व्यक्तित्व, त्याग र निष्ठाका प्रतिमुर्ति, सरल जीवन जिउन चाहाने सालिन महिला नेतृको निधनले नेपाली कांग्रेस झापा परिवार र सिङ्गो समाज शोक स्तब्ध बनेको छ।
स्व प्रसाईकाे जन्म १९८८ साल कार्तिक १७ गते ललितपूरकाे कुमारीपाटीमा बुबा क्या. गन्जबहादुर र आमा चन्द्रकुमारी कार्कीका १३ सन्तानमध्ये माईली छाेरी हुनुहुन्थ्यो
स्व. प्रसाईका छाेरा बिबेककेशरी बुहारी संगीता, छाेरीहरू रमिता र नम्रता सिंह रहेकाे बताईएकाे छ ।
दिवंगत प्रसाईकाे आजै दिउसाे १ बजे कन्काई माईमा अन्त्येष्टि गरिने पारिवािरक श्राेतले जनाएकाे ।
ढल्याे राजनीतिक इतिहास : ज्ञानु मुवाकाेे निधन अन्तिममा किड्नीले साथ दिएन

































































































