Homeसमाचारबिर्तामोड उद्योग बाणिज्य संघको पद हस्तान्तरण

बिर्तामोड उद्योग बाणिज्य संघको पद हस्तान्तरण

विर्तामोड । बिर्तामोड उद्योग वाणिज्यको नवनिर्वाचित कार्यसमितिलाई आज पद हस्तान्तरण गरेको गरिएको छ ।
पदभार ग्रहणपछि नवनिर्वाचित अध्यक्ष प्रकाश शिवाकोटीले बाणिज्य संघको निर्वाचनमा पक्ष विपक्ष भएपनि निर्वाचन सम्पन्न भएपछि उद्योगी, ब्यवसायीको हितमा काम गर्ने प्रतिबद्धता ब्यक्त गर्दै लोकतान्त्रिक विधि र प्रक्रियामा भएको निर्वाचनलाई सबैले स्वीकार गर्नुपर्ने बताउनुभयो ।
उद्योग वाणिज्य संघका केन्द्रीय उपाध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यता तथा विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईको अध्यक्षतामा सम्पन्न पदस्थापन कार्यक्रममा नवनिर्वाचित कार्यसमितिलाई प्रमुख अतिथि ढकाल, विशेष अतिथि उद्योग वाणिज्य संघ प्रदेश–१ का अध्यक्ष टिकाराज ढकालले प्रमाणपत्र प्रदान गर्नुभयो ।
कार्यक्रममा निर्वाचन समितिका संयोजक शेखर ढकालले निर्वाचित पदाधिकारीको नामावली घोषणा गर्नुभएको थियो ।
पद हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले रोजगारी सिर्जना गरेर समृद्ध नेपाल र सुखी नेपालीको नारा पूर्णताका लागि उद्योग बाणिज्य महासंघले भिजन–३० को पेपर तयार गरिसकेको बताउनुभयो ।
ब्यावसायिक हितका लागि उद्योग बाणिज्य संघका हरेक गतिविधिमा सहयोग गर्ने बताउँदै प्रमुख अतिथि ढकालले बैंकको ब्याजदर घटेको अवस्थामा यसको भरपुर उपयोग गरेर प्रतिफल लिन ब्यवसायीहरुलाई आग्रह पनि गर्नुभयो ।
कार्यक्रममा उद्योग बाणिज्य संघ १ नं प्रदेश समिति अध्यक्ष टीकाराज ढकाल, संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटी, नेकपा एमाले झापाका अध्यक्ष चिन्तन पाठक, नेपाली कांग्रेस झापाका सभापति उद्वव थापा, उद्योग बाणिज्य महासंघका सदस्यहरु श्रोत
कृष्ण बैद्य र उमेश डालमिया, नेकपा एमाले विर्तामोडमा अध्यक्ष ज्ञानुराम प्रसाई लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा उद्योग वाणिज्य संघ विर्तामोडका अध्यक्ष कुमार भटराईले विदाई मन्तब्य राख्नुभएको कार्यक्रममा प्रकाश शिवाकोटीले प्रतिबद्धता मन्तब्य राख्दै निर्वाचनमा पक्ष विपक्ष भएपनि निर्वाचन सकिएसंगै गुट पनि समाप्त भएको बताउनु भयो । कार्यक्रममा प्रतिवद्धता मन्तव्य राख्दै अध्यक्ष शिवाकोटीले सम्पूर्ण व्यापारीहरुको संघलाई साझा बनाएर लैजाने बताउनु भयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबिर्तामोड उद्योग बाणिज्य संघको पद हस्तान्तरण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img