Homeसमाचारसमाचारशिक्षक संघको तेस्रो नगरसभा सप्पन्न,आरवीले छोडे संगठन

शिक्षक संघको तेस्रो नगरसभा सप्पन्न,आरवीले छोडे संगठन

मेचीनगर / १६ फागुन ।। नेपाल शिक्षक संघ मेचीनगरको तेस्रो प्रतिनिधि सभा सम्पन्न भएको छ । सभामा संघका मेचीनगर अध्यक्ष होमराज ढकालले प्रस्तुत प्रतिवेदन पास गरेको छ। संघ आबद्ध सभामा सेवा निबृत्त शिक्षक, अन्यत्रबाट सरुवा भइ आएका शिक्षक र संगठन सुदृढीकरणमा योगदान पुर्‍याउन शिक्षकलाई सम्मान गरिएको थियोे । कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले शिक्षाको रकम सही सदुपयोग हुने र गर्नु पर्ने बताए । नगरमा कांग्रेसको नेतृत्व रहँदा शिक्षा क्षेत्रमा केही परिणाम देखिने काम गरेको उनको दाबी छ । शिक्षकको तलब वृद्धि गर्ने योजना रहेको सुनाएका उनले आगामी बजेटमा त्यो समावेश गर्ने आश्वासन दिए । कांग्रेसलाई अघि बढाउन शिक्षक संघ आबद्ध शिक्षकको महत्त्वपूर्ण भूमिका रहने उनले बताए । कार्यक्रममा कांग्रेस १ नम्बर क्षेत्रीय सभापति मणि उप्रेतीले सरकारले बालकक्षाका शिक्षकको श्रमशोषण गरेको बताए । उनले मेचीनगरका बालकक्षाका१३ हजार ४५० रुपैयाँ तलब दिलाएर छड्ने घोषणा गरे । कांग्रेस मेचीनगर सभापति इन्द्र बुढाथोकी, शिक्षक संघ झापा अध्यक्ष नेत्र खरेल, शिक्षक महासंघ झापा सचिव तोया दाहाल, नेपाल शिक्षक महासंघ झापाका संस्थाक अध्यक्ष तेजप्रसाद चम्लागाईँ, नेपाल शिक्षक महासंघका मेचीनगर अध्यक्ष केशव पौडेल , धुलाबारी माविका प्रधानाध्यापक महेन्द्रविलाश लुइँटेल लगायतले बोलेको कार्यक्रममा राज्यबाट शिक्षक हेपिएको र कोभिड खोप समेत विभेद गरिएको दुखेसो गरित्यो । विद्यालायलाई मदिर, विद्यार्थीलाई भगवान र शिक्षकलाई पुजारीको रूपमा व्याख्या गरेका वक्ताले सरकारले शिक्षा सम्बन्धि संघीय र प्रदेश ऎन कानुन नबनाएर बेइमानी गरेको बताए । शिक्षकको जिम्मेवारी कुन तहको सरकारले लिने भन्ने अन्यौल रहेको बताएका उनीहरूले महासंघ जिल्ला र केन्द्रको नेतृत्व निकम्बा भएकाले शिक्षकको समस्या नसुल्झेको तर्क गरे। संघ मेचीनगरका सहसचिव केशव पोखरेलको सञ्चालनमा भएको कार्यक्रममा शिक्षक संघका प्रदेश प्रतिनिधि रमेश दाहालले स्वागत गरेका थिए । सोही कार्यक्रममा नेपाल शिक्षक महासंघका झापाका सहसचिव आरवी गौतम ( रणबहादुर ) शिक्षक संघमा प्रवेश गरेका छन् । नेपाल शिक्षक संगठनमा आवद्ध उनी असन्तुष्टि व्यक्त गर्दै संघमा प्रवेश गरेका हुन्। गौतम कविशिरोमणि माविका शिक्षक हुन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसमाचारशिक्षक संघको तेस्रो नगरसभा सप्पन्न,आरवीले छोडे संगठन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img