विर्तामोड । स्रष्टा इन्द्रप्रसाद कट्वालद्वारा लिखित योगसाधना महाकाब्यको विर्तामोडमा आयोजित एक कार्यक्रमका बीच लोकार्पण तथा समिक्षा गरिएको छ ।
जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषको सभाहलमा आयोजित कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तथा मेचीबहुमुखी क्याम्पसका प्राध्यापक डा. ठाकुरप्रसाद पोखरेल, साहित्यकारहरु कोमल पोखरेल, सरोज ओली, प्राज्ञसभा सदस्य लक्ष्मी उप्रेतीले सामुहिक रुपमा विमोचन गर्नुभएको थियो ।
जयेन्द्र प्रसाद प्रसाई साहित्य सेवा कोषका उपाध्यक्ष विष्णुकुमार भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विमोचित महाकाब्यको विषयगततर्फ केशव खनाल र सैद्धान्तिक पक्षमा नूरज भट्टराईले समिक्षा गर्नुभएको थियो ।
कार्यक्रममा लेखनाथ पुस्तकालयका अध्यक्ष नवराज घिमिरे, प्रगतिशिल लेखक संघका अध्यक्ष राजेन्द्र संग्रौला लगायतले शुभकामना मन्तव्य राख्दै योगसाधना महाकाब्य धार्मिक, सामाजिक, ऐतिहासिक विषयबाट आध्यात्मिक चेतना जागरण हुने र सत्चरित्रको भावना जागृत गराउने विचार व्यक्त गर्नुभयो ।
साहित्यकार देवी संग्रौलाले सञ्चालन गरेको कार्यक्रम स्वागत पुस्तकका प्रकाश मुना कट्वाल भारतीले गर्नुभएको थियो ।
योगसाधना महाकाव्यको लोकार्पण र समिक्षा

































































































