भद्रपुर । कैदी बन्दीहरुको शारीरिक तथा मानसिक तनाव नियन्त्रण गर्ने उद्देश्यले रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठान भद्रपुर झापाले झापाका कैदी बन्दीहरुलाई खेल सामग्री सहयोग गरेको छ ।
प्रतिष्ठानले महिला कारागार परिषरमा मंगलवार आयोजित एक कार्यक्रमका बीच महिला कैदी बन्दीहरुलाई भलविल, क्यारेमवोर्ड , व्याडमिन्टन ल्ँडो लगायतका आधा दर्जन भन्दा माथीका खेलकुद सामग्रीहरु प्रदान गरिएको हो ।
कारगार प्रशासन प्रमुख राजेन्द्र गौतमको रोहवारमा महिला विभाग आन्तरिक प्रशासन प्रमुख कसम गहतराजलाई कार्यक्रमका प्रमुख अतिथि भद्रपुर नगरपालिकाका नगर प्रमुख जीवनकुमार श्रेष्ठ, प्रतिष्ठान अध्यक्ष गंगाप्रसाद ओली लगायतले हस्तान्तरण गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै नगरप्रमुख श्रेष्ठले कारागार क्षेत्रबाट बाहिर निस्कने दुषित फोहोर पानी नियान्त्रण गर्नका लागी वार्ड नं ८ का जनताले व्यवस्थापनमा सहयोग गर्न आग्रह गर्दै कारागार स्थानान्तरणका लागी डिपीआर तैयार भैसकेको जानकारी दिनुभयो । उहाँले कारागारको स्तरोन्नतीका लागी नगरपालिकाको सहयोग रहने प्रतिबद्धता जनाउनु भयो ।
ओलीको अध्यक्षता तथा गंगाबहादुर खड्काको संचालनमा सम्पन्न कार्यक्रममा स्वागत प्रतिष्ठानका केन्द्रिय सदस्य उमेशचन्द्र ओलीले गर्र्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठ ,नगर उपप्रमुख चन्द्रमाया श्रेष्ठ, वार्ड नं ७ र ८ का वार्ड अध्यक्षहरु विनोद पोखरेल, मनोज सुब्बा, पत्रकार चिन्तामणी दाहाल, लगायतले मन्तव्य राख्नु भएको थियो ।
४ सय ५० जना पुरुष कैदी बन्दीको क्षमता रहेको झापा कारागारमा ११ सय ११ जना पुरुष र ३ जना बच्चा सहित ७० जना महिला कैदी बन्दीहरु रहेका छन् जसमा महिला कारागार छुट्टै रहेको झापा कारागारले जनाएको छ ।
ओली प्रतिष्ठानद्वारा कारागारमा खेलकुद सामग्री सहयोग

































































































