Homeसमाचार२७ बुँदे प्रतिवद्धता:विर्तामोड वाणिज्यको अध्यक्षका लागि सुवासको उम्मेद्वारी

२७ बुँदे प्रतिवद्धता:विर्तामोड वाणिज्यको अध्यक्षका लागि सुवासको उम्मेद्वारी

विर्तामोड ४ फागुन । विर्तामोड नगर उद्योग वाणिज्य संघको आगामी नेतृत्वका लागि उम्मेद्वारी घोषणा गरेका सुवास भट्टराईले व्यवसााियक हक–हित र विर्तामोड नगरको विकास लक्षित विभिन्न २७ बुँदे प्रतिवद्धता अघि सारेका छन् ।
विर्तामोडमा सामाजिक व्यक्तित्वको छवि बनाएका भट्टराईको संयुक्त प्यानलको बरिष्ठ उपाध्यक्षमा नारायण चिमरिया, उद्योग उपाध्यक्षमा कृष्ण पौडेल, वाणिज्य उपाध्यक्षमा रामकृष्ण अधिकारी, महिला उपाध्यक्षमा उर्मिला खरेल र महासचिवमा अर्जुन मैनाली रहेको बताइएको छ ।
त्यस्तै सचिवमा प्रकाश घिमिरे र धनबहादुर डाँगीको नाम आएपनि कोषाध्यक्ष, सहकोषाध्यक्ष लगायतका पदलाई समावेशी बनाउनका लागि अहिले नै टुङ्गो लागि नसकेको स्रोतले जनाएको छ ।

संघको आगामी फागुन १६ गते हुने अधिवेशनमामा संयुक्त व्यवसायी प्यानलबाट अध्यक्षको दावेदारी प्रस्तुत गरेका भट्टराईले बिर्तामोड बजारको शान्ति, सुरक्षा र व्यवस्थित पाकिंङको व्यवस्था मिलाउने, रात्रीकालीन बजार सञ्चालन तथा यातायातको सुविधा र सुरक्षा मिलाउने, साप्ताहिक बजार बन्दलाइ प्रभावकारी बनाउने, संघको सचिवालयलार्य व्यवसायी मैत्री बनाउनुका साथै अतिथि सदनको भवन र हललाई समय सापेक्ष बनाउने, व्यवसाय गर्न इच्छुकलाई व्यवसायको अवसर, प्रवद्र्धनका लागि विज्ञद्वारा तालिम प्रदान गर्ने, पान तथा भ्याट दर्ताका लागि व्यवसायी र सचिवालयबीच समन्वयात्मक भूमिका बढाउने, बिमासहितको राहत कोष स्थापना गर्नुका साथै दैवी विपत्ति र दुर्घटनामा व्यवसायी तथा उद्यमीलाई प्रदान गर्ने, बिर्तामोड शहरको फोहोर मैला र सडकवत्ती व्यवस्थापन र मर्मतमा समन्वयात्मक तथा दवाबमुलक भूमिका खेल्ने, विर्तामोडमा हुने दैनिक कारोबारको रेकर्ड प्रक्षेपण गरी प्रकाशन÷प्रशारण गर्ने,व्यवसायिक गतिविधि समेटिएको बुलेटिन प्रकाशन गर्ने, छलफल र संवादको माध्यमबाट थोक तथा खुद्रा व्यवसायी बीचको समस्या समाधान गर्ने, व्यवसायीहरुको अभिलेखिकरण गर्नुका साथै दैनिक गतिविधि डिजिटलाइजलाई गर्ने, संस्थाका कार्यसमिति र कर्मचारीको क्षमता अभिबृद्धिका लागि तालिम सञ्चालन गर्ने लगायतका प्रतिवद्धता सार्वजनिक गरिएको छ ।
त्यस्तै स्थानीय तहसंग समन्वयमा बजारको विकासका लागि ठोस कार्यक्रम र योजना निर्माण गर्ने, कृषिथोक बजार व्यवस्थापन समितिसंग सहकार्यमा व्यवसायीको हितमा कार्यक्रम ल्याउने, सामाजिक संघ–संस्थासंग समन्वय तथा साझेदारी गर्ने, स्थानीय सरकारको करलाई व्यवसाय अनुसार दर घटाउन पहल गर्ने, व्यापार तथा उद्योगलाई प्रवद्र्धनका लागि मेला÷महोत्सव प्रदर्शनी र सञ्चालन गर्ने, अन्य उद्योग वाणिज्य संघ, वस्तुगत संघ र निजी क्षेत्रसंगको सहकार्यलाई विस्तार गर्ने, रक्तदान, स्वास्थ्य शिविर, उद्दार, राहत वितरण जस्ता सामाजिक सेवाका कामहरु सञ्चालन गर्ने, बैंक तथा वित्तिय क्षेत्र र व्यवसायीबीच हुने अन्तरविरोध हटाउन मध्यस्थताको भूमिका खेल्ने, उद्योग तथा व्यापार क्षेत्रका राष्ट्रिय/अन्तराष्ट्रिय सूचना, उद्यमशिलता र व्यवसाय प्रवद्र्धन सम्बन्धीका प्रेरणात्मक अनुभव र सूचना, सदस्यहरुको विवरण, गुनासा, सुझाव संस्थाका गतिविधि प्रस्तुत गर्ने एप्स निर्माण गर्ने, व्यवसायी, (निजी क्षेत्र) तथा सरकारसंगको समन्वयमा नगरलाई पर्यटनसंग जोड्न विर्तामोडमा विजनेश पार्क र प्रदर्शनी स्थल निर्माण गर्ने, बुधबारे हटियाका व्यवसायीका समस्या समाधानका लागि स्थानीय तहसंग समन्वय गर्ने, उपभोक्त आगमनलाई सहज बनाउन चारवटा आकाशे पुल निर्माण गर्न पहल गर्ने लगायतका प्रतिवद्धता अघि सारिएको छ । राष्ट्रिय वाणिज्य संघका जिल्ला अध्यक्ष रहेका भट्टराई विर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक सहकारीका अध्यक्ष तथा अलैंची व्यवसायी महासंघका महासचिव हुनुहुन्छ ।
संघको नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष प्रकाश शिवाकोटी, महिला उपाध्यक्ष पार्वता खरेल विमली, बलराम कार्की, वर्तमान महासचिव प्रशान्त भण्डारी (भेषराज) ले पनि उम्मेद्वारी दिने बताउँदै आएका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचार२७ बुँदे प्रतिवद्धता:विर्तामोड वाणिज्यको अध्यक्षका लागि सुवासको उम्मेद्वारी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img