Homeसमाचारसंसद विघटन विरुद्ध प्रदर्शन

संसद विघटन विरुद्ध प्रदर्शन

विर्तामोड २४ माघ । के.पी. शर्मा ओली नेतृत्वको सरकारले असंवैधानिक रुपमा गरेको प्रतिनिधि सभा विघटनविरुद्ध नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरूले शनिबार देशभर विरोध प्रदर्शन गरेका छन् ।
ओलीले पार्टी विवाद मिलाउन नसक्दा निर्वाचित जनप्रतिनिधिमूलक सर्वोच्च संस्था विगठनले लोकतान्त्रिक संविधानलाई नै जोखिममा पारेको भन्दै कांग्रेस निकट शुभेच्छुक संघसंस्थाहरुले संसद पुनस्र्थापनाको माग राख्दै देशब्यापी विरोध प्रदर्शन गरेका हुन् ।
देशब्यापी विरोध प्रदर्शन अन्तर्गत झापामा पनि ट्रेड युनियन कांग्रेसमा आबद्ध संघसंस्था तथा शुभेच्छुक संघसंस्थाहरुले संयुक्त विरोध प्रदर्शन सम्पन्न गरेका छन् ।


इलाका प्रहरी कार्यालय विर्तामोड अगाडिबाट निकालिएको ¥याली मुक्तिचोक परिक्रमापछि इप्रका अगाडि पुगेर कोणसभामा परिणत भएको थियो । ¥यालीमा सहभागीले संसद विघटनको असंवैधानिक कदम फिर्ता ले, संघीय लोकतान्त्रिक गणतन्त्र–जिन्दाबाद, नेपाली कांग्रेस जिन्दाबाद, वीर शहीद अमर रहुन, प्रतिनिधसभा पुनस्र्थापना गर, संवैधानिक सर्वोच्चता कायम गर लगायतका नारा लगाएका थिए ।
¥यालीपछि आयोजित कोणसभामा बोल्दै नेपाली कांग्रेस झापाका सभापति तथा प्रमुख अतिथि उद्वव थापाले हरेक तानाशाहको अन्त्य जनदबाबबाट समाप्त भएको बताउँदै के.पी. ओली पनि तानाशाही बाटोमा हिडेकोले उनको अन्त्य सुनिश्चित भएको धारणा राख्नुभयो ।
नेपाली कांग्रेसका संस्थापक नेता वी.पी. कोइरालाले कम्युनिष्टको कहिल्यै विश्वास नगर्न भनेको स्मरण गर्दै नेता थापाले जनताले विश्वास गरेर सरकारमा पु¥याएइका कम्युनिष्टले सरकार र सडकमा रमिता देखाएको टिप्पणी गर्नुभयो । सडकबाटै सरकार ढालेर संसद पुनस्र्थापना गरेरै छाड्ने उद्घोष गर्नुभएका थापाले सरकारको भ्रष्टाचार, अनियमितता र संविधानको अपहेलना अन्त्यका लागि सडक संघर्षको विकल्प नभएको धारणा राख्नुभयो ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईले सरकार आफैं सडकमा निस्किएर पञ्च¥याली निकाल्न थालेको बताउँदै संसद पुनस्र्थापना गरेर मात्रै कांग्रेस निर्वाचनमा जाने बताउनुभयो ।


नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य कृष्ण हुमागाईले संसारका धेरै मुलुकबाट कम्युनिष्ट पार्टीको सरकार ढलिसकेको उदाहरण प्रस्तुत गर्दै कम्युनिष्टलाई अझै जनताले बोकिरहे सरकार दुर्गन्धित भइरहने टिप्पणी गर्नुभयो । सरकार कम्युनिष्ट सर्वसत्तावाद उन्मुख रहेको भन्दै उहाँले सर्वसत्तावादी चरित्र सडकबाटै समाप्त पार्ने चेतावनी दिनुभयो ।
कार्यक्रममा पूर्व सांसद डिल्ली सिटौला, नेपाल चिया बगान श्रमीक संघका केन्द्रीय अध्यक्ष दीपक तामाङ लगायतले बोल्नुभएको थियो भने कांग्रेस केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटी, संविधानसभा सदस्य विश्वदीप लिङ्देन, भातृ संघसंस्था विभाग प्रमुख देउमान थेवे , नेपाली कांग्रेस झापाका पदाधिकारी, सदस्य, क्षेत्रीय सभापति, लगायत विभिन्न भातृ तथा शुभेच्छुक संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, सदस्य, चिया श्रमीकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।


नेपाल ट्रेड युनियन कांग्रेस झापाका सभापति यज्ञप्रताप अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन योगेन्द्र पौडेलले गर्नुभएको थियो । नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल प्रेस युनियन, नेपाल शिक्षक संघ, नेपाल प्रजातान्त्रिक महासंघ, नेपाल ब्युटिसियन संघ, नेपाल छापाखाना तथा सम्बद्ध श्रमीक संघ, नेपाल चिया बगान श्रमीक संघ, नेपाल ब्यापार सम्बद्ध श्रमीक संघ, नेपाल नाइ संघ, नेपाल कृषि श्रमीक संघ, नेपाल तामाङ संघ, स्थानीय तह कर्मचारी संघ, सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स, नेपाल यातायात मजदुर संघ, नेपाल सांस्कृतिक कलाकर्मी संघ, नेपाल गृह श्रमीक संघ, नेपाल इम्बोइडरी हेण्डीक्राफ तथा सिलाईबुनाई श्रमीक संघ, नेपाल निर्माण सम्बद्ध श्रमीक संघ, नेपाल वित्तीय श्रमीक संघ, नेपाल माछा ब्यापार श्रमीक संघ, डेमोक्रमेटिक लयर्स एसोर्सिसन, नेपाल निजामति कर्मचारी संघ, प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल भारबाहक मजदुर संघ, नेपाल कारखाना श्रमीक संघ। नेपाल सार्वजनिक सेवा कर्मचारी संघ, नेपाल रिक्सा तथा ठेला श्रमीक सं३, पर्यटन होटल तथा रेस्टुरेन्ट श्रमीक संघ, नेपाल इ–रिक्सा तथा टेम्पो चालक संघ लगायतका शुभेच्छुक संघसंस्थाको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसंसद विघटन विरुद्ध प्रदर्शन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img