Homeसमाचारलेडी जेसीजको १६ औं पद हस्तान्तरण

लेडी जेसीजको १६ औं पद हस्तान्तरण

विर्तामोड ३ माघ । वीरता लेडी जेसीजको १६ औं पद हस्तान्तरण कार्यक्रम आज सम्पन्न भएको छ । विर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न पद हस्तान्तरण कार्यक्रममा सन २०२० का अध्यक्ष शुष्मा भण्डारी पौडेलको गलामा रहेको जेसीज चेन पूर्व अध्यक्षसहित उपस्थित जेसीजहरुले सन् २०२१ का नवनिर्वाचित अध्यक्ष स्वस्तिका आचार्यका गलामा पहिर्याउँदै पदस्थापन गराएका थिए ।
कार्यक्रममा बीरता लेडी जेसीजका संस्थापक अध्यक्ष शारदा रिजाल र जिवन रिजालले आफ्ना पितृका स्मृतिमा स्थापना गरेको यज्ञ–तीर्थ सम्मानबाट कारागारमा रहेका बालबालिकालाई शिक्षा प्रदान गर्दै आएकी इन्दिरा रानामगरलाई सम्मान गरिएको थियो ।

त्यस्तै लेडी जेसीजले वर्षेनी वितरण गर्दै आएको जेसीज पत्रकारिता पुरस्कारबाट यो वर्ष अन्नपूर्ण पोष्टकी झापा संवाददाता राधा खनाललाई प्रदान गरिएको थियो ।
उत्कृष्ट जेसीका रुपमा रेजिना पाण्डे, सानै उमेर भएपनि प्रखर प्रस्तुती क्षमता भएकी शाखाकी कान्छी सदस्य सेलिसा उप्रेतीलाई सम्मान गरिएको कार्यक्रममा तीलरुपमा श्रेष्ठ, यशोदा उप्रेती, भगवती राजवंशी खरेलसहित चारजनालाई यो वर्ष मानार्थ सदस्य प्रदान गरिएको थियो । जेसीजको मानार्थ सदस्य निरन्तर दशवर्षसम्म जेसीजमा लागेर पनि नेतृत्वमा पुग्न नसकेकाहरुलाई प्रदान गरिदै आएको बताइएको छ ।
सम्मानित तथा पुरस्कृतहरु मध्ये इन्दिरा रानामगरको सम्मानपत्र पूर्व अध्यक्ष सोमा शिवाकोटीले वाचन गर्नुभएको कार्यक्रममा अन्य सम्मानितको सम्मान पत्र वाचन अध्यक्ष भण्डारीले गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि शिवाकोटी, सम्मानितका तर्फबाट इन्दिरा रानामगर, लेडी जेसीजका संस्थापक अध्यक्ष शारदा रिजाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
नव निर्वाचित कार्यसमितिको नामावली र निर्वाचन प्रक्रियाबारे निर्वाचन अधिकृत तथा लेडी जेसीजका पूर्व अध्यक्ष सरु भुर्तेल खनालले जानकारी गराउनु भएको थियो ।
पदस्थापन पछिको कार्यक्रम सन् २०२१ का महासचिव हिमा मिश्र पौड्यालले सञ्चालन गरेको कार्यक्रमको पहिलो सत्र सन २०२० की महासचिव संगिता गिरीले गर्नु भएको थियो भने जेसीज आस्थावाचन युनिता दवाडीले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारलेडी जेसीजको १६ औं पद हस्तान्तरण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img