HomeFeatured 2चौथो भाक्का दिवस सम्पन्न : यसरी बनाइन्छ भक्का

चौथो भाक्का दिवस सम्पन्न : यसरी बनाइन्छ भक्का

झापा २९ पुुस । चौथो राष्ट्रिय भाक्का दिवस झापाको विर्तामोडमा सम्पन्न भएको छ ।
कोचिला गाभुर फ्रन्टको आयोजनामा प्रत्येक वर्षको पुस २९ गतेलाई राष्ट्रिय भाक्का दिवस घोषणा गरेदिवस मनाउन थालेको हो ।
राजवंशी तथा कोच समुदायको मौलिक खानाको रुपमा रहेको भाक्का दिवसमा कोच लोक सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो ।
फ्रन्टको केन्द्रीय समितिले २०७४ सालदेखि प्रत्येक वर्ष पुस २९ गते ‘राष्ट्रिय भाक्का दिवस’ घोषणा कोचिला गाभुर फ्रन्टका केन्द्रीय अध्यक्ष अभय राजवंशीले बताए ।
भाक्का दिवसमा निवर्तमान सांसदहरू, झापाका अधिकांश पालिकाका प्रमुख, उपप्रमुख, राजनीतिक दलका नेता कार्यकर्ता, उद्योगी,व्यवसायी, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरू,जिल्ला प्रहरी कार्यालयका प्रमुख, सशस्त्र प्रहरी बल जिल्लाका प्रमुख, आदिवासी जनजाति महासंघ लगायत विभिन्न निकाय र स्थानीय संघ संस्थाका प्रमुखको सहभागिता रहेको थियो।
यसैबीच राष्ट्रिय भक्का दिवसको अवसर पारेर मेचीनगर–१४ स्थित बाल सुबोधिनी विद्यालयले बालबालिकालाई स्कूलमै भक्का खुवाएको विद्यालयका प्रधानाध्यापक विश्व थापाले जानकारी दिए। विद्यालयमा अभिभावकहरु बान्नी राजबंशी र डुम्की राजबंशीले भक्का पकाएका थिए ।
भक्का बनाउने तरिका:
मात्रा अनुसार चामललाई लगभग दुई घण्टासम्म पानीमा भिजाउनु पर्छ । पानीबाट निकालेर थिग्राउनु पर्छ । ओखली, ढिकी वा मिलमा कुट्नुपर्छ । पीठोलाई मसिनो चाल्नीले चाल्नुपर्छ । त्यसपछि थोरै पानी हालेर मुछ्नु पर्छ । पानीले मुछेर पीठोलाई नरम बनाउनुपर्छ । एउटा भाँडामा पानी उमाल्नुपर्छ । भाडामाथि माटोबाट बनाइएको दुलो परेको ढकन राख्नुपर्छ । उक्त ढकनलाई भाँडाभित्रको बाफ कतैबाट ननिस्किने टाल्नु पर्छ । माटोको हन्डीमा उम्लिएको पानीबाट निस्किने बाफमाथि भक्का पकाइन्छ । पानीले मुछेर नरम बनाएको पीठोलाई बटुकामा हालेर नरम सुतीको कपडाले बेरेर वाफ निस्किँदै गरेको ढकनमा राखेपछि भक्का पाक्छ । बाफमा भक्का पाक्न दुई मिनेटको समय लाग्छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2चौथो भाक्का दिवस सम्पन्न : यसरी बनाइन्छ भक्का
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img