Homeसमाचारप्रधानमन्त्रीले राष्ट्रियसभाको रोष्टममै गरे थु–थु

प्रधानमन्त्रीले राष्ट्रियसभाको रोष्टममै गरे थु–थु

काठमाडौं २६ पुस । आफ्ना विरोधीहरूलाई कटु बचन प्रहार गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राष्ट्रियसभाको रोष्टममै थुकेका छन् ।
संसदीय गरिमा र मर्यादाको पनि ख्याल नगरी प्रधानमन्त्री ओलीले रोस्टममै थु–थु गरेका हुन् । सम्बोधनको लामो समय परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणबारे खर्चिएका प्रधानमन्त्री ओलीले रोस्टमको भित्रतर्फ थु–थु गरेका थिए ।
ओलीको सम्बोधनेपछि नेपाली कांग्रेस नेतृ तथा राष्ट्रियसभा सदस्य अनिता देवकोटाले प्रतिप्रश्न गर्दैगर्दा पनि ओलीले ‘थु–थु’ गरेको दृष्य प्रष्ट देखिन्थ्यो ।
आफ्नो आलोचना रहन नसक्ने तर, अरुको कटु आलोचना गर्ने प्रधानमन्त्री ओलीले आइतबार राष्ट्रियसभाको बैठकको उक्त क्रियाकपालले पुनः विवादमा परेको छ ।
नेतृ देवकोटाले संसदीय मर्यादा विपरीतको ओलीको उक्त कार्यमा नियमापत्ति व्यक्त गर्न सकिने बताएपनि ओलीले थुके पनि कुनै सदस्यले आपत्ति प्रकट गरेनन्। ओलीले थु–थु गर्दैगर्दा मुसुक्क हाँसीरहेका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भने केही प्रतिक्रिया जनाएनन् ।
संसद् बैठक चलिरहेका बेला अवाञ्छित गतिविधि गर्न निषेध छ । पटक–पटक सांसद र मन्त्री हुँदै २ पटक प्रधानमन्त्री भइसकेका ओलीलाई संसदको गरिमा र मर्यादाबारे थाहा नभएको भन्न सकिन्न । तर, राष्ट्रियसभाको गरिमा बिर्सिएर ओलीले थु–थु गरेको दृष्य शोभनीय थिएन ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारप्रधानमन्त्रीले राष्ट्रियसभाको रोष्टममै गरे थु–थु
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img