HomeFeatured 2नारी सञ्चार गृहसहित चार संस्थालाई पोखरेल परिवारको सहयोग

नारी सञ्चार गृहसहित चार संस्थालाई पोखरेल परिवारको सहयोग

भद्रपुर २२ पुुस । भद्रपुरका सामाजिक व्यक्तित्व रमेश पोखरेलको परिवारले आफ्ना दिवंगत पिता शिवप्रसाद पोखरेलको वार्षिक पुण्यतीथिको दिन पारेर विभिन्न सामाजिक संघ–संस्थालाई सहयोग प्रदान गरेको छन् ।
पोखरेल परिवारले नारी सञ्चार गृह झापासहित विर्तामोड र भद्रपुरका ४ वटा सामाजिक संघ–संस्थालाई सहयोग रकम प्रदान गरेको हो ।
भद्रपुरस्थित कृष्ण द्वैपायन वेद विद्याश्रम गुरुकूलमा अक्षयकोष स्थापनाका ५० हजार संस्थाका अध्यक्ष राजेन्द्र चापागाँईलाई प्रदान गरिएको कार्यक्रममा चन्द्रगढीस्थित कालिमन्दिर निर्माण समितिलाई निर्माण सहयोगार्थ २५ हजार, झापाली महिलाहरुको छाता संगठन नारी सञ्चार गृहले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोष र बहुभाषिक बहुसांस्कृतिक क्षितिज नाट्य समूहद्वारा निर्माणाधिन नाटक घरलाई ११/११ हजार रुपैयाँ प्रदान गरिएको थियो ।
गोविन्द पोखरेको अध्यक्षता तथा बालानन्द दुग्ध पोखरेल प्रतिष्ठानका अध्यक्ष राजकुमार पोखरेलको प्रमुख आतिथ्यतामा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि राजकुमार पोखरेलले रमेश पोखरेलका परिवारले गरेको कामले समाजलाई सामथ्र्यवान बनाउन सहयोग पुग्ने बताउनु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष एकराज गिरीले बुबाले देखाएको बाटोमा हिड्ने पोखरेल परिवारको सहयोगले समाजमा सत्कर्ममा लाग्ने प्रेरणा मिल्ने धारणा राख्नुभयो ।


त्यस्तै नारी सञ्चार गृह झापाका अध्यक्ष भीमा शिवाकोटीले संस्थाले स्थापना गरेको सहयोगले दीर्घकालिन महत्व राख्ने बताउँदै पोखरेल परिवारलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । त्यसैगरी क्षितिज नाट्य समूहका अध्यक्ष माधव कल्पितले पूर्वीय दर्शन अनुसार पिता, पूर्खाले देखाएको बाटो हिड्नु एक असल सन्ततीको कर्तव्य र दायित्व भएको बताउनु भयो ।
त्यसैगरी दुई करोडको अक्षय कोष स्थापनाको लक्ष्य राखेको जानकारी गराउँदै कृष्ण द्वैपायन वेद विद्याश्रम गुरुकूलका अध्यक्ष राजेन्द्र चापागाँईले दाताले पितृको नाममा स्थापना गरेको अक्षयकोषबाट प्राप्त रकमबाट पितृको पुण्यतिथीका दिन बटुकलाई भोजन गराइने जानकारी दिनुभयो । त्यस्तै कालीमन्दिर निर्माण समितिका अध्यक्ष भीम पौडेलले पूर्वकै नमूनाका रुपमा बनाउन लागिएको कालीमन्दिरको ऐतिहासिकता, वर्तमान र मन्दिर निर्माणको भावी लक्ष्यबारे अवगत गराउनु भएको थियो ।
विष्णु पोखरेलले सञ्चालन गरेको कार्यक्रममा स्वागत तथा औचित्यमाथि प्रकाश पार्दै दाता रमेश पोखरेलले आफ्ना पिताजीले समाजमा गर्छु भनेर अधुरा छोडेर गएका कामहरुलाई पूर्णता दिने कार्यको प्रारम्भ स्वरुप सहयोग रकम हस्तान्तरण गरिएको बताउनु भयो । सोही अवसरमा पूर्व संकल्प अनुसार बालानन्द दुग्ध पोखरेल प्रतिष्ठानकाका अध्यक्ष राजकुमार पोखरेललाई एकलाख ५० हजार बराबरको बैंक भौचर प्रदान गर्नुका साथै पाथीभरा देवीलाई समेत भेटी स्वरुप पाँचहजार रुपैयाँ छुट्याएको जानकारी दिनुभयो ।
सो अवसरमा पोखरेलकी श्रीमती विमला पोखरेल, भाउजु तथा भतिजाहरुसहित छर–छिमेकी र आफन्तको उपस्थिति रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
Featured 2नारी सञ्चार गृहसहित चार संस्थालाई पोखरेल परिवारको सहयोग
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img