Homeसमाचारत्रिदेव क्याम्पसको नवौं क्याम्पससभा सम्पन्न

त्रिदेव क्याम्पसको नवौं क्याम्पससभा सम्पन्न

चारआली । झापाको चारआलीस्थित त्रिदेव बहुमुखी क्याम्पस नवौँ क्याम्पस सभा भव्यताका साथ सम्पन्न भएको छ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरिप्रसाद घिमिरेको अध्यक्षता १ नं. प्रदेशका सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरको प्रमुख आतिथ्य प्रदेश सांसद गोपालचन्द्र बुढाथोकीको विशेष आतिथ्यतामा क्याम्पस सभा सम्पन्न भएको हो ।
सो अवसरमा प्रमुख अतिथि माननीय जसमाया गजमेरले क्याम्पसका गतिविधिको प्रशंसा मन्त्रालयको तर्फबाट सक्दो सहयोग गर्ने बचनबद्धता व्यक्त गर्नुुभयो । कार्यक्रममा विशेष अतिथि १ नं. प्रदेशका माननीय सांसद गोपालचन्द्र बुढाथोकीले क्याम्पसका गतिविधिलाई आफूले नजिकबाट नियाल्दै आएको बताउँदै विगतमा झै आगामी दिनमा पनि सहयोगलाई जारी राख्ने धारण व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रमुख अतिथि गजमेर, विशेष अतिथि बुढाथोकी, सल्लाहकार समितिका सह–संयोजक दुर्गाप्रसाद भट्टराई, मेचीनगर नगरपालिका वडा नं.–१३ का वडाध्यक्ष कृष्ण सिग्देल, नेपाली कांग्रेसका शरद शिवाकोटी, नेकपाका खगेन्द्र सिग्देल, राप्रपाका खड्गबहादुर कार्की लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । सो अवसरमा राप्रपाका कार्कीले क्याम्पसको विकास र उन्नतीका लागि एकलाख रुपैयाँ सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रममा प्रमुख गजमेरले क्याम्पसले प्रकाशन गरेको अनुसन्धामूलक पत्रिका “त्रिदेव जर्नल” को विमोचन गर्नुभएको सभामा क्याम्पस प्रमुखद्वारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन र त्रिदेव क्याम्पस विधान (चौथो संशोधन २०७७) लाई सभाले अनुमोदन गरेको बताइएको छ ।
सभामा क्याम्पसमा प्राध्यपनरत प्राध्यापकहरु मध्ये बर्र्षोत्कृष्ट प्राध्यापकको रुपमा सहायक प्राध्यापक ज्ञानकुमार खतिवडा र कर्मचारीमध्ये बर्ष उत्कृष्ट कर्मचारीको रुपमा नवराज भट्टराईलाई सम्मान गर्नुका साथै विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पनि पुरस्कृत गरिएको थियो ।
कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख तेजप्रसाद खनाल र स्वागत मन्तव्य सञ्चालक समिति उपाध्यक्ष श्रीराम मरासिनीले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारत्रिदेव क्याम्पसको नवौं क्याम्पससभा सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img