फिदिम ७ पुस । क्यान्सर पीडित सुरेश लिम्बूको उपचारका लागि संकलित सहयोग रकम उनका छोरा सत्य लिम्बूको नाममा बिमा गरिएको छ ।
पाँचथर फिदिम–१ माथिल्लो गाउँ निवासी सुरेको उपचारकै क्रममा मृत्यु भएपछि उनको उपचारका लागि स्वदेश तथा विदेशबाट प्राप्त सहयोग रकमबाट बचेको पैसाले उनका छोरा सत्यको नेपाल लाईफ इन्स्योरेन्समा जीवन ज्योति बिमा गरिएको युवा जागरण सहयोग संस्थाका अध्यक्ष रमेश बास्कोटाले जानकारी दिनुभयो ।
सत्यको नाममा एकलाखको एकल किस्ता अन्तरगत ८९ हजार नौसय ७५ रुपैयाँको बिमा गर्नुका साथै बाँकी रहेको १४ हजार नगदसहित बिमाको फाइल सत्यलाई हस्तान्तरण गरिएको हो ।
युवा जागरण सहयोगी संस्थाका अध्यक्ष रमेश बास्कोटाको अध्यक्षतामा सम्पन्न सहयोग हस्तान्तरण कार्यक्रम समाजसेवी तथा सामाजिक अभियान्ता प्रदिप बास्कोटाको प्रमुख आतिथ्यता रहेको थियो ।
बाबुको उपचार सहयोग रकमले छोराकोे जीवन बिमा

































































































