Homeसमाचारमातृभाग्यको सेवा लिनका लागि ५० हजार शेयर अनिवार्य

मातृभाग्यको सेवा लिनका लागि ५० हजार शेयर अनिवार्य

विर्तामोड ५ पुस । विर्तामोडस्थित मातृभाग्य रेखा बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारणसभाबाट शेयर सदस्यले अनिवार्य ५० हजार शेयर रकम पुर्याउनुपर्ने भएको छ ।
संस्थाको आइतबार सम्पन्न साधारणसभाबाट शेयर सदस्यलाई शेयर रकम ५० हजार पुर्याउनु पर्ने प्रस्ताव अधिकतम शेयर रकम दुईलाख तोकेको छ । यद्यपी उक्त नियम संस्थाले तोकेका सेवा–सुविधा प्राप्त गर्नका लागि शेयर बृद्धि गर्नुपर्ने र सदस्यलाई सक्रिय राख्नुका साथै संस्थागत र सदस्य दुवैको हितका लागि उक्त प्रस्ताव ल्याइएको अध्यक्ष खड्गप्रसाद दाहालले जानकारी दिए ।
संस्थाले आर्थिक वर्ष २०७६/०७७ मा ९९ सय लाख ३३ हजार १३८ रुपैयाँ कुल आम्दानी हुँदा २७ लाख २ हजार ८१ रुपैयाँ खुद मुनाफा आर्जन गरेको अध्यक्ष दाहालद्वारा प्रस्तुत प्रतिवेदनम उल्लेख गरिएको छ ।
यो अवधीमा दुईकरोड १५ लाख ५० हजार तीनसय ४० रुपैयाँ शेयर पूँजी रहेको मातृभाग्यले सहकारीले चालु आर्थिक वर्षको अन्त्यसम्ममा २५ लाख शेयर पूँजी बृद्धि गरी २ करोड ४० लाख पुर्याउने लक्ष्य राखेको अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनमा जनाइएको छ ।
गत आवमा १२ करोड ४७ लाख ७७ हजार नौ सय ५२ रुपैयाँ निक्षेप भुक्तानी गरेको संस्थाले चालु आर्थिक वर्षमा १३ करोड निक्षेप संकलन गर्ने लक्ष्य सार्वजनिक गरेको छ । संस्थाका दुईहजार पाँचसय ३१ जना शेयर सदस्य रहेको अध्यक्ष दाहालले बताए ।
विर्तामोड नगरपालिकाका सहकारी अधिकृत डिल्ली दाहालको प्रमुख आतिथ्यता तथा अध्यक्ष दाहालको अध्यक्षतामा सम्पन्न साधारणसभामा प्रमुख अतिथि दाहाल, नारी सञ्चार गृह झापाका अध्यक्ष भीमा शिवाकोटी, पत्रकार गोपाल काफ्ले, लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
संस्थाका सचिव गणेश शिवाकोटीले सञ्चालन गरेको कार्यक्रममा स्वागत टंकप्रसाद दवाडीलेगरेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमातृभाग्यको सेवा लिनका लागि ५० हजार शेयर अनिवार्य
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img