Homeसमाचारझापा नाटक घर निर्माणमा सहयोग गर्न इन्द्रेणीको आह्रवान

झापा नाटक घर निर्माणमा सहयोग गर्न इन्द्रेणीको आह्रवान

झापा २ पुस । झापाको बिर्तामोड १ देबी पञ्चकन्या उत्तर मा निर्माणाधीन अबस्थामा रहेको बहुजातीय बहुभाषि बहु साँस्कृतिक संग्रहालय सहितको झापा नाटक घर निर्माण का लागि इन्द्रेणी केन्द्रीय परिवारले निर्माणस्थलमै एक कार्यक्रम सम्पन्न गर्दै अन्तराष्टिय स्तर सम्म सहयोगका लागि हार्दिक आह्वान गरेको छ ।
समुहका ब्यबस्थापन समिति ज्ञानुराम प्रसाइको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि इन्द्रेणी बिकास संस्थाका अध्यक्ष कृष्ण कडेल तथा बिशिष्ट अतिथिहरुमा झापा क्षेत्र न.–२ का संघीय सांसद पबित्रा निरौला खरेल, सांसद बिमला बि क, प्रदेश सांसद एकराज कार्की, विर्तामोड न. पा. उपमेयर पबित्रा महतारा प्रसाइ, विर्तामोड न. पा. कार्यकारी अधिकृत गणेश दाहाल, सामाजिक अभियन्ता राजकुमार पोखरेल विर्तामोड वडा नं. १ का अध्यक्ष अग्नि प्रसाद पाण्डे, वडा नंं. २ का अध्यक्ष नगेन्द्रप्रसाद संगौला वडा न ३ का अध्यक्ष भोजराज सिटौला, वडा न ५ का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन, साँस्कृतिक अभियन्ता मोहन बि क विर्तामोड उद्योग बाणिज्य संघ उपाध्यक्ष, पार्वता खरेल बिमली, नेपाल अलैंची बिकास संस्था केन्द्रीय महासचिव सुभाष भट्टराई , समुहका सल्लाहकार ओम विमली, डिल्लीराम सिटौला लगायतको उपस्थित रहेको थियो ।
समुहका केन्द्रीय अध्यक्ष तथा अभियन्ता माधब कल्पितको शब्द रचना र गोबिन्द रहपालको संगितमा क्षितिज संगीत साधना प्रतिष्ठान झापाका कलाकारहरुद्बारा स्वागत गानबाट सुरु गरिएको कार्यक्रममा नौमति बाजा, च्याब्रुङ, नेवारी संस्कृति तथा सरगम संगीतालय झापाका कलाकारहरुको समाबेशी प्रस्तुति रहेको थियो । सो अवसरमा इन्द्रेणी परिवारले मेरो टोपी, रिङ्केबुङ्को राँगोलाइ लगायतका गीत प्रस्तुत गरेको थियो । केन्द्रीय कलाकार कृष्ण कडेल, राजेश घतानी, छत्र शाही, मनमाया बाइबा, कृष्ण बजगाइ, अच्युत दाहाल लगायतका कलाकारको उत्कृष्ट प्रस्तुतीमा कार्यक्रम सम्पन्न भएको छ ।
अभियन्ता तथा केन्द्रीय अध्यक्ष माधव कल्पित ले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै संचालन गरेको उक्त साँगितिक कार्यक्रममा मान्य साँसद पबित्रा निरौला खरेल, बिमला बि. क., एकराज कार्की र संयोजक ज्ञानुराम प्रसाइले झापा नाटक घर निर्माण आफ्नो पहिलो एजेन्डा रहेको र आफ्नै कार्य कालमा सम्पन्न गर्न आफुहरु समेत लागेको मा इन्द्रेणी परिवार ले निर्माण स्थलमै आएर देखाएको सहयोेग र सद्प्रभाव प्रति सबै द्बारा उच्च सम्मानका साथ हार्दिक आभार समेत ब्यक्त गरिएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारझापा नाटक घर निर्माणमा सहयोग गर्न इन्द्रेणीको आह्रवान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img