Homeसमाचारसमाचारस्वरोजगार भवानीको साधारणसभा

स्वरोजगार भवानीको साधारणसभा

विर्तामोड  २९ मंसिर । स्वरोजगार भवानी बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७६/०७७ मा १ अर्ब ८० करोड मूल्य बराबरको कारोबार गरेको छ ।
६ करोड ६४ लाख २० हजार ८६४ रुपैया शेयर पूँजी रहेको स्वरोजगार भवानीले यो अवधीमा ५४ लाख ३४ हजार ३५१ रुपैयाँ खुद नाफा आर्जन गरेको संस्थाका अध्यक्ष केशव बस्नेतले जानकारी दिनुभयो ।
संस्थाको विर्तामोडमा आयोजित १३ औं बार्षिक साधारणसभा तथा प्रथम एकीकरण सभामा संस्थाको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष बस्नेतले आव २०७६/०७७ को संस्थाको गतिविधि जानकारी गराउनुका साथै भावी योजना प्रस्तुत गर्नुभएको थियो ।
१५ करोड ५२ लाख ५७ हजार ७२१ रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले २ करोड १३ लाख २४ हजार २५५ रुपैयाँ ऋण लगानी गरेको अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ । यो समयमा संस्थाले २० करोड १४ लाख ८७ हजार ५६८ रुपैयाँ ऋण असुली गरेको जनाइएको छ ।१६ हजार ४ सय ९७ जना शेयर सदस्य रहेको सहकारीको शेयर सदस्य रहेका छन् ।
स्वरोजगार भवानीले ५० वर्ष उमेर पार गरेका अविवाहित पुरुष र महिलालाई पनि बार्षिक रुपमा ३ हजार ६०० रुपैयाँ भत्ता प्रदान गर्ने भएको छ भने ज्येष्ठ नागरिकलाई पनि सोही रकम उपलब्ध गराउँदै आएको जनाएको छ ।
१ नं. प्रदेश सदस्य झलकसिंह दर्लामीको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा उत्कृष्ट सेवा केन्द्रका रुपमा चन्द्रगढी सेवा केन्द्र, आन्तरिकतर्फ संस्थाको मुख्य कार्यालय विर्तामोडका विभागीय प्रमुख रुपन चाम्लिङ राई, सुरुङ्ग सेवा केन्द्रका लेखापाल रिता खड्का, फिल्ड कर्मचारीतर्फ गंगा खड्का, प्रेम मगर र देवका सुवेदीलाई सम्मानसहित पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा ज्येष्ठ सदस्यहरु गोमादेवी लुईँटेल, प्रेमकुमार विष्ट, माधवप्रसाद तिम्सिना, पवित्रा उप्रेती लगायतलाई सम्मान गरिएको थियो ।
यसअघि स्वरोजगार र भवानी महिला बचत सहकारीको एकीकरणमार्फत स्वरोजगार भवानी सहकारी संस्था नामाकरण भएको सो सहकारीमा अब भने जिवन समृद्धि बहुउद्देश्यीय सहकारी संस्था, धनुषकोटी कृषि सहकारी संस्था, साइराम बचत तथा ऋण सहकारी संस्था र समावेशी बचत तथा ऋण सहकारी संस्था एकीकरण भएको घोषणा समेत गरिएको थियो ।
संस्थाका अध्यक्ष बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि दर्लामी, गोपाल प्रसाई र मेनुका लुईँटेलले शुभकामना मन्तव्य राखेका थिए ।
स्वागत उपाध्यक्ष कमला थापामगर र एकीकरणको स्वागत गीत रमेश तिखत्रीले प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव मनोज भट्टराईले गर्नुभएको थियो ।
संस्थाले झापाका विभिन्न स्थानीय तहमा १० वटा सेवा केन्द्रमार्फत सेवा प्रवाह गर्दै आएको छ ।

एकीकरणपछिको कार्यसमिति

एकीकरण पछिको पहिलो अधिवेशनले केशव बस्नेतलाई अध्यक्षमा चयन गरेको छ ।
सर्वसम्मत नेतृत्व चयन गरेको साधारणसभाबाट उपाध्यक्षमा कमला थापामगर, सचिव मनोज भट्टराई र कोषाध्यक्षमा पूजा खनाललाई चयन गरेको छ ।
त्यस्तै सदस्यहरुमा कमला आचार्य उप्रेती, टिकाराम सिटौला, कौशिकलाल परियार, जागिरमान राई, घनश्याम नेपाल, सुरेन्द्र बुढाथोकी, पर्शुराम मगर, कल्पना कार्की, शुशिला विमली र गोपाल प्रसाईलाई चयन गरेको छ । विष्णुप्रसाद आचार्य संयोजक रहेको लेखा समितिको सदस्यहरुमा तुलसीप्रसाद भण्डारी र हरिप्रसाद फुयाल रहेका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारसमाचारस्वरोजगार भवानीको साधारणसभा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img