हल्दिबारी । नेपाल विद्यार्थी संघ हल्दिबारी–१ को आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेविसंघ हल्दिबारी–१ का सभापति करण कटुवालको अध्यक्षता र प्रदेश सांसद ओम सरावगीको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा ५३ पिन्ट रगत संकलन भएको नेविसंघ झापा सभापति राजेन्द्र उप्रेतीले जानकारी दिनुभयो । नेपाली कांग्रेस झापाका सदस्य विजय रिजाल, प्रदेश क्षेत्रीय सभापति नवीन विमली, हल्दिबारी गाउँ सभापति दिलिप मावो, बाह्रदशी गाउँ सभापति ओमप्रकाश गौतम, स्थानीय नेता कार्यकर्ता, सामाजिक संघसंस्थाका प्रतिनिधि तथा सामाजिक ब्यक्तित्वको सहभागिता रहेको कार्यक्रमको सञ्चालन किशोर ढुङ्गेलले गर्नुभएको थियो ।
रक्तदानमा प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी झापाले गरेको बताइएको छ ।
नेविसंघद्वारा रक्तदान

































































































