Homeसमाचारअभियुक्तलाई कडा कारबाही गर्न बुहारीको माग

अभियुक्तलाई कडा कारबाही गर्न बुहारीको माग

कमल । मेची–महाकाली संयुक्त बुहारी आवाज झापाले रिता थापाकी तीन बर्षीया छोरी सोनिकालाई दशैको उपहार स्वरुप कपडा प्रदान गरेको छ ।
एकसाता अघि आफ्नै श्रीमान रामजी थापाले घर लिपपोत गरिरहेको अवस्थामा खुकुरी प्रहार गरी रिताको हत्या गरेका थिए । आमाको हत्यापछि टुहुरी बनेकी बालिका हजुर आमा शकुन्तलाको संरक्षणमा छिन् ।
हत्या लगत्तै आफैंले श्रीमतीको हत्या गरेको भन्दै प्रहरी समक्ष पुगेका रामजी अहिले प्रहरी हिरासतमा छन् भने घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मेची महाकाली संयुक्त बुहारी आवाज झापाका संयोजक शिखा खड्का गणेशको नेतृत्वमा थापाको कमल गाउँपालिका समयगढस्थित घरमा पुगेको टोलीले घटनाबारे जानकारी लिएको थियो। सोही क्रममा केन्द्रीय अध्यक्ष यमु शर्मा सुब्बा, उपाध्यक्ष चन्द्रा काफ्ले सहितजिल्ला समितिले दशैंको कपडा प्रदान गरेको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।
टोलीमा आवाजका झापा सचिव कविता थापा, सल्लाहकार जमुना निरौला अधिकारी, अम्बिका दाहाल गिरी, सिता श्रेष्ठ, तारा पौडेल, लीला खड्का, रिना राई र सरु गौतम सहभागी थिए । सो क्रममा हजुर आमाको आश्रयमा रहेकी तीन बर्षीया बालिकाको पिसाव सम्बन्धी स्वास्थ्य समस्या रहेकोले उपचार गर्नुपर्ने अवस्था रहेको जनाइएको छ ।
हत्या घटनाबारे जानकारी लिएपछि बुहारीको टोलीले हत्या घटनाले आफूहरुलाई स्तब्ध बनाएको जनाउँदै हिंसाजन्य घटना अन्त्य गर्न मागपनि गरेको छ ।
घटनाको अध्ययनपछि झापा शाखा अध्यक्ष गणेश, सचिव थापा, सल्लाहकार जमुना निरौलाद्वारा हस्ताक्षरित विज्ञप्तिमा गौरादहकी मनमाया भण्डारी र कमल गाउँपालिकाकी रिता थापाको हत्या घटनाले महिलाहरु घरपरिवारभित्र सुरक्षित नरहेको ठहर समेत गरिएको छ ।
मनमाया र रिता थापाको हत्या घटनाका अभियुक्तलाई प्रारम्भिक चरणमै पक्राउ गर्न प्रहरी प्रशासन सफल भएको प्रतिधन्यवाद ज्ञापन गर्दै विज्ञप्तिमा पीडितलाई न्यायदिन पीडकलाई हदैसम्मको सजाय गर्न समेत माग गरिएको छ ।
सभ्य र हिंसामुक्त समाज स्थापनाका लागि घरेलु, यौनजन्य तथा महिला हिंसाका अभियुक्तलाई कुनै पनि बहानामा संरक्षण नगर्न समुदायसँग आग्रह गर्दै विज्ञप्तिमा कडा कानुनी कारबाहीका लागि सहयोग गर्न समेत माग गरिएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारअभियुक्तलाई कडा कारबाही गर्न बुहारीको माग
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img