Homeसमाचारमेची प्रादेशिक अस्पतालका कोरोना संक्रमितको गुनासो, दुरुत्साहन गरियो

मेची प्रादेशिक अस्पतालका कोरोना संक्रमितको गुनासो, दुरुत्साहन गरियो

रेवतिराज घिमिरे । भद्रपुर । झापाको मेची प्रादेशिक अस्पताल भद्रपुरमा कोभिड १९ अन्र्तगतका आईसोलेशनमा बसेका संक्रमितहरुले अस्पताल प्रशासनले आफुहरुलाई वेवास्ता गरेको गुनासो गरेका छन् ।
अस्पतालको आईसोलसन कक्षमा रहेका ४ दर्जन माथिका संक्रमितहरुले अस्पतालका नर्स तथा चिकित्सकहरुले कोरोना संक्रमण जित्नका लागि स्वास्थ्य सावधानको प्रावधान भन्दा तल झरेर काम गर्ने गरेको प्रोत्साहनको सट्टा दुरुत्साहन गर्ने गरेको गुनासो गरेका हुन ।
प्रशासनले समयमा चिकित्सक तथा नर्सहरु नपठाउने, समयमै संक्रमितको परिक्षण नगर्ने , समस्याको समाधान गर्न भन्दा समस्या सिर्जना गर्ने गरेको भद्रपुर १० का एक संक्रमितले बताए ।
बस्ने संक्रमितहरुले प्रयोग गर्ने ट्वाईलेट तथा वाथरुमको राम्रो व्यावस्थापन नभएको पानी लगायतका विभन्न समस्याहरु आईसोलेसन कक्षमा रहेको भद्रपुर ८ का अर्का संक्रमितको गुनासो छ ।
उनीहरुले विरामीको मनोवल बढाउनकै लागि भएपनि कम्तिमा एक पटक आफुहरुको कक्षमा नर्स तथा चिकित्सकहरु आएर शान्त्वना दिनुपर्ने ,शौचालय तथा वाथरुममा पानी लगायतका विभिन्न सुविधाहरु निरन्तर प्रदान गर्न समेत प्रशासनसंग माग गरेको छन् ।
यता अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पिताम्बर ठाकुरले संक्रमितले भने जस्तो प्रशासनले कुनै भेदभाव नगरेको बताएका छन् । डाक्टर तथा नर्सहरुले जोखिम मोलेर समस्यामा परेका संक्रमितहरुलाई निरन्तर सेवा प्रवाह गरिरहेको डा. ठाकुरको भनाई छ ।
सामान्य अवस्थाका संक्रमितहरुलाई तत्काल चिकित्सक तथा नर्सको आवश्कता नपर्ने समेत डा. ठाकुरको प्रस्टोक्ति छ ।
यता अल्ट्रा साउण्ड तथा ओपीडी लगायतका विभिन्न सेवा लिन आउने विमारीहरुले समेत अस्पतालका उक्त कक्षमा समयमा चिकित्सहरु नआउदा धेरैबेर सम्म आफुहरुले कुर्नु परेको र सामान्य गुनासो राख्दा उल्टै चिकित्सकहरु बिमारीसंग झर्किने र गाली गर्ने गरेको सेवाग्राहीले बताएका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमेची प्रादेशिक अस्पतालका कोरोना संक्रमितको गुनासो, दुरुत्साहन गरियो
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img