Homeसमाचारजुटमिलले सुरक्षा गार्डको १९ लाख ५६ हजार तलब नदिए सुरक्षा रोक्ने

जुटमिलले सुरक्षा गार्डको १९ लाख ५६ हजार तलब नदिए सुरक्षा रोक्ने

विराटनगर । विराटनगर जुटमिलको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीको बाँकी रकम भुक्तानी नगरे सेक्युरिटी कम्पनीले असोज १ गतेदेखि सुरक्षागार्ड हउटाउने जनाएको छ ।
लामो समयदेखि संकट र विवादको भुमरीमा परेको विराटनगर जुटमिलमा कार्यरत ६ जना सुरक्षा गार्डले विगत ४ वर्षदेखि तलब नपाएको उल्लेख गर्दै अर्जुनदृष्टी सेक्युरिटी कम्पनीले बाँकी रकम भुक्तानी नभए असोज १ गतेदेखि सुरक्षागार्ड हटाउने भन्दै जुटमिललाई पत्राचार समेत गरेको छ ।
सेक्युरिटी कम्पनीका अनुसार जुटमिलले ६ सुरक्षा गार्डको ४ वर्षको तलबवापतको रकम १९ लाख ५६ हजार रुपैयाँ तलब दिन बाँकी रहेको हो । उक्त सेक्युरिटी कम्पनीले ०७१ सालदेखि जुटमिलमा सुरक्षा प्रदान गर्दै आएको जनाइएको छ।
‘जुटमिलमा हामीले २०७१ सालदेखि सुरक्षा गार्ड उपलब्ध गराउँदै आएका हौं,’ सेक्युरिटी कम्पनीका प्रमुख व्यवस्थापक तिर्थराज घिमिरेले भन्नुभयो, ‘०७३ सालदेखि १ रुपैयाँ पनि गार्डले तलब पाएका छैनन्, बाँकी १९ लाख ५६ हजार पुग्यो, त्यसले असोज १ गतेदेखि हामीले सुरक्षा गार्ड नपठाउने गरी पत्राचार गरेका छौं ।’
‘यति लामो समयसम्म धेरै रकम नदिई ओलझोल लगाई फकाई तथा धम्की दिनेसमेत गरेको र पैसा दिनेतर्फ समेत चासो नदिएको हुँदा र मेरो सम्झौता अवधि समेत समाप्त भइसकेकोले २०७७ असोज १ गतेबाट ताहाँ जुटमिलमा यस प्रा.लि.बाट सुरक्षा गार्ड नखटाइने हुँदा जानकारीको लागि अनुरोध छ,’ जुटमिललाई सेक्युरिटी कम्पनीले पठाएको पत्रमा उल्लेख छ ।
सेक्युरिटी कम्पनीले उक्त पत्रको बोधार्थ प्रदेश १ को आन्तरिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, वन, पर्यटन तथा उद्योग मन्त्रालय, मोरङका प्रमुख जिल्ला अधिकारी, श्रम तथा रोजगार कार्यालय विराटनगर, जिल्ला प्रहरी कार्यालय मोरङ र इलाका प्रहरी कार्यालय रानी विराटनगरलाई समेत बुझाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारजुटमिलले सुरक्षा गार्डको १९ लाख ५६ हजार तलब नदिए सुरक्षा रोक्ने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img