Homeसमाचारबिश्वनाथ र अग्रज पत्रकार काजीसहित ५० बढी काँग्रेस प्रवेश

बिश्वनाथ र अग्रज पत्रकार काजीसहित ५० बढी काँग्रेस प्रवेश

कम्युनिष्टहरु कमाउनिष्ट भएपछि देश संकटमा

चन्द्रगढी १० भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका केन्दीय सदस्य बिश्वनाथ श्रेष्ठ र झापाका अग्रज पत्रकार नकुल काजी (पाण्डे) सहित ५० बढी राजनैतिक, बौद्धिक र सामाजिक क्षेत्रका प्रभावशाली व्यक्तिहरु आज (भदौ १० गते) नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
नवप्रवेशीलाई नेपाली काँग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले चन्द्रगढीमा आयोजित एक कार्यक्रमकाबीच पार्टी सदस्यता प्रदान गर्नुभएको थियो । काँग्रेस प्रवेश गर्ने श्रेष्ठ झापाका स्थापित उद्योगपति हुनुहुन्छ भने नकुलकाजी झापाका सिद्धहस्त अग्रज पत्रकार हुनुहुन्छ ।
नवप्रवेशी कार्यकर्ताहरुलाई सम्बोधन गर्दै नेपाल सरकारका पूर्व गृह तथा उपप्रधानमन्त्री समेत रहन्ुभएका नेता सिटौलाले राष्ट्रियता समाजवाद र लोकतन्त्र चाहने सच्चा देशभक्तहरुले अहिले आफैं नेपाली काँग्रेसलाई खोजीरहेको बताउँदै त्यसैको परिणाम बिश्वनाथ र नकुलकाजी जस्तो राष्ट्रको बौद्धिक व्यक्तिवहरु बिनाशर्त काँग्रेस प्रवेश गर्नुभएको छ भन्नुभयो ।
अहिले चुनाव होइन, अनि चुनावी माहोल पनि छैन, तर नेपाली काँग्रेसमा प्रवेश गर्नेहरुको देशैभर नै लहर लागेको र कतिपय ठाउँमा कोभिडका कारण पार्टी प्रवेश कार्यक्रम स्थगित गर्नु परेको बताउँदै नेता सिटौलाले कम्युनिष्टको नारा बेचेर कमाउनिष्ट भएका नक्कली कम्युनिष्टहरुका कारण देश रजनताको भविश्य अन्धारतर्फ धकेलिन थालेपछि बुद्धिजीवी, उद्योगी, व्यवसायी र आम सर्वसाधारण जनताले काँग्रेसलाई देशैभरी रोजीरहेको, खोजीरहेको बताउनुभयो ।
नव प्रवेशीका तर्फबाट आफ्रनो मन्तव्य राख्नुहुँदै झापाका स्थापित उद्योगपति एवम् सामाजिक व्यक्तित्व बिश्वनाथ श्रेष्ठले ३५ वर्ष राप्रपामा बसेर आफूले समय र उमेर बेकारमा खेर फालेको दुखेसो गर्दै अलमलिएर बसेका लोकतन्त्रवादीहरुलाई आफूजस्तै नेपाली काँग्रेसको बिशाल लोकतान्त्रिक छहारीमा आउन आव्हान गर्नुभयो । उहाँले राप्रपामा व्यक्तिवादी प्रवृत्ति हावी भएको र उसले प्रजातन्त्रको संरक्षण गर्नसक्ने अवस्था नदेखिएकोले सच्चा प्रजातन्त्रको छहारी खोज्दै आफू काँग्रेसमा आइपुगेको बताउनुभयो ।
अर्का वक्ता धेरै झापाली पत्रकारहरुको गुरु अग्रज पत्रकार नकुल काजीले अहिलेका सत्ताधारीहरुबाट लोकतन्त्रको हुर्मत लिने काम भएको र यसले राष्ट्रियता नै संकटमा पर्ने अवस्था देखिएकोले देश र लोकतन्त्र जोगाउन आफू बिनाशर्त नेपाली काँग्रेसमा प्रवेश गरेको बताउनु भयो ।
लामो समय दल निरपेक्ष रहेर पत्रकारिता गर्दै आउनु भएका अग्रज पत्रकार काजीलाई काँग्रेस सरकारमा हुँदा पर बस्नु भएका तपाई अहिले के देखेर काँग्रेसमा प्रवेश गर्नुभयो ? भन्ने जयलोकतन्त्र डटकमको प्रश्नमा उहाँले भन्नुभयो ’’हेर्नुस म केही पाउँला र खाँउला भनेर काँग्रेस भएको होइन । अहिले काँग्रेससँग के छ र ? जे छ नेकपासँग छ । म विधिको शासनको पक्षपाती र अभिव्यक्ति स्वतन्त्रताको हिमायती भएको हँदा मेरो यही स्वार्थ काँग्रेससँग मिल्यो काँग्रेस भएँ ।’’
काजीले अगाडी भन्नुभयो, ’’लुटेर र चाकडी गरेर खाने मेरो बदनियत भएको भए त नेकपा भएपछि यो देशमा जे गर्न पनि पइएकै छ नि । मलाई त्यस्तो बेथितिसँग मिसिएर बिटुलो हुनुछैन, बिकृति बिरुद्ध लडनु छ, देशका भावी सन्ततिलाई लोकतन्त्रको महामार्गमा हिडाउनु छ, त्यसैले यो ७३ वर्षको उमेरमा मैले आफूलाई औपचारिकरुपमा काँग्रेस बनाएको हू ।’’
साहित्यमा आफू बीपी कोइरालाको चेलाको रुपमा रहेको बताउनुहुने पत्रकार काजीले दुइ दर्जन बढी कृतिहरु सिर्जना गरिसक्नु भएको छ । काँग्रेसमा मेरो कुनै पदको आकांक्षा पनि छैन, म सक्रिय राजनीति पनि गर्ने होइन, तर जनतालानई सही र असली लोकतन्त्रवाद काँगँ्रेस नै हो भन्ने सन्देश भने प्रवाह गरि नै रहने भनाइ राखी रहन्छू भन्दै बरिष्ठ पत्रकार काजीले सबै देशवासीले लोकतन्त्रको जननीको रुपमा नेपालमा निरंकुशताका बिरुद्ध स्थापना भएको काँग्रेस पार्टीलाई साथ दिन अपिल पनि गर्नुभएको छ ।
कर्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य भारतेन्दुकुमार मल्लिकले सबै अदिवासी, जनजाति, मधेशी र पीछडिएको समुदायको यावत समस्याहरुबाट मुक्ति नेपाली काँग्रेस पाटीले मात्र गर्नसक्ने देखेर नै आफूहरु पनि काँग्रेसमा समाहित भएको बताउँदै राष्ट्रियता, समाजवाद र लोकतन्त्र बचाउन काँग्रेसको गाछीको छहारीमा अउन आव्हान गर्नुभयो ।
नेपाली काँग्रेस झापाका सभापति उद्वव थापाले नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएकोले अरु पार्टीमा जस्तो निषेध रबिभेदको राजनीति काँग्रेसमा नहुने हुँदा नयाँ पुरानो नभनी मिलेर संगठन निर्माणमा लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।
नेपाली काँग्रेस भद्रपुर नगर समितिका सभापति मोहन महर्जनको सभापतित्वमा भएको सो कार्यक्रममा ३ नं. क्षेत्रीय सभापति गणेश पोखरेलले धेरै लब्ध प्रतिष्ठित व्यक्तित्व र आम सर्वसाधारणहरु काँग्रेस प्रवेशको तयारीमा रहेपनि कोरोनाका कारण कार्यक्रम सञ्चालन गर्न कठिनाई भइरहेको सुनाउनुभयो ।
काँग्रेसका आदिवासी नेता कालेन्द्र राजवंशीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन नगर सचिव राम कंडेलले गर्नुभएको थियो । माक्स, सेनेटाइजर , एक अर्काबीच अनिवार्य भौतिक दुरी कायम गरिएको सो कार्यक्रममा साबुन पानीले हात धोएपछि मात्र कार्यक्रमस्थलमा प्रवेशो व्यवस्था मिलाइएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारबिश्वनाथ र अग्रज पत्रकार काजीसहित ५० बढी काँग्रेस प्रवेश
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img