Homeसमाचारपीसीआर ल्याब कनकाईको समर्पण भवनमा राखिने

पीसीआर ल्याब कनकाईको समर्पण भवनमा राखिने

झापा ७ असार । एकका लागि एक अभियानको अगुवाईमा झापामा स्थापना गर्ने भनिएको पिसिआर ल्याव कनकाई नगरपालिकाको कोटीहोमस्थित समर्पण राष्ट्रिय अभियानको भवनमा राखिने भएको छ ।
एकका लागि एक अभियानका संयोजक महेन्द्रकुमार गिरीको अध्यक्षतामा आइतबार विर्तामोडमा सम्पन्न बैठकले पिसिआर ल्याव स्थापनाका लागि उक्त स्थान चयनको निर्णय गरेको हो ।
उक्त निर्णयसँगै आवश्यक स्वास्थ्य सुरक्षासहितको प्राविधिक काम समेत अघि बढाउने निर्णय गरिएको छ ।
संवाद समूह झापाको संयोजनमा भएको बैठकले पिसिआर ल्याव स्थापना र सञ्चालनका लागि प्रदेश सरकारसँग समन्वय, सहकार्य, स्वीकृति लगायतका प्रक्रिया तत्काल अघि बढाउने समेत निर्णय गरेको छ । झापाका सबै स्थानीय तहका समन्वय सहयोगका लागि अनुरोध गरिएको छ ।
कोभिड–१९ नियन्त्रणका लागि सरकारलाई सहयोग पु¥याउन नागरिक स्तरबाट मुलुकमै पहिलो पटक झापामा पिसिआर ल्याव स्थापना गर्न लागिएको हो । विभिन्न अढाइ दर्जन सामाजिक संस्थाको सहकार्य र साझेदारीबाट अघि बढेको एकका लागि एक अभियान मार्फत स्थापना हुने पिसिआर ल्यावका लागि जिल्ला सहकारी संघको अगुवाईमा झापाको सहकारी अभियान र अन्तर्राष्ट्रिय झापाली समाजले समेत साझेदारी गरेका छन् । सरकारलाई सहयोग पु¥याउन स्थापना गर्न लागिएको पिसिआर ल्याव प्रदेश तथा स्थानीय सरकारसँगको समन्वय, सहकार्य र सहयोगमा सञ्चालन गरिने संयोजक गिरीले जानकारी दिए । गिरीका अनुसार जिसस, राजनीतिक दल लगायत सरोकारवालासंग समेत समन्वय र सहकार्य गरिने छ ।
त्यस्तै पिसिआर ल्यावका लागि आवश्यक मेसिन र उपकरण खरिदको प्रक्रिया समेत पारदर्शी ढंगले अघि बढाउने निर्णय भएको छ । जतिसक्दो छिटो ल्याव स्थापना गरी सञ्चालनमा ल्याउने तयारीमा अभियान जुटेको सहसंयोजक विनोद बस्नेतले बताए ।
अभियानले राहत तथा स्वास्थ्य क्षेत्रमा योगदानसंगै कोभिड–१९ नियन्त्रणका लागि जनचेतनालाई पनि सँगसँगै अघि बढाउने निर्णय गरेको अभियानका सदस्य नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीले जानकारी दिए ।
। बैठकमा अभियानमा साझेदार संस्थाहरुको तर्फबाट प्रतिनिधित्व गर्दै बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, नेपाल रेडक्रस सोसाइटी, बिर्तामोड उपशाखाका सभापति सजेश शिवाकोटी, जिल्ला सहकारी संघका सहसचिव भवानी दंगाल, नागरिक समाजका लोकबन्धु कन्दङ्वा, रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानका सचिव यज्ञराज (गोपाल)ओली, राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष मदनगोपाल सुब्बा, रोटरी क्लव अफ बिर्तामोडका अध्यक्ष निर्मल भट्टराई, वीरता जेसीजका अध्यक्ष मिजास पोखरेलले विभिन्न सुझावसहित प्रतिबद्धता व्यक्त गरेका थिए ।
त्यस्तै चेम्बर अफ कमर्श झापाका अध्यक्ष ओमकृष्ण विमली, बिर्तामोड खानेपानी सरसफाई उपभोक्ता संस्थाका सचिव मेघराज बाँस्तोला, सहारा नेपाल साकोसका अर्जुन चुडाल, हरि शर्मा, राजेन्द्र चम्लागाई, बिकास बस्नेत लगायतले समेत बैठकमा सुझाव राखेको संवाद समूहका सहजकर्ता अधिवक्ता खगेन्द्र खरेलले जानकारी दिए ।
सहसंयोजक बिनोद बस्नेतले अभियानको प्रगतिबारे जानकारी गराएका थिए भने बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले स्वागत गरेका थिए । सम्पूर्ण उपकरण र आवश्यक पूर्वाधारसहित एक करोड १५ लाख लागत अनुमान गरी स्थापना गर्न लागिएको पीसीआर ल्याबका लागि ८० लाख रुपैया भन्दा बढी रकम जुटिसकेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारपीसीआर ल्याब कनकाईको समर्पण भवनमा राखिने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img