Homeसमाचारविर्तामोड नगरपालिकाद्वारा कृषकलाई २२७ उपकरण वितरण

विर्तामोड नगरपालिकाद्वारा कृषकलाई २२७ उपकरण वितरण

झापा ६ असार । विर्तामोड नगरपालिकाले चालु आर्थिक वर्षमा साना सिंचाई, धान काट्ने र मकै छोडाउनेसहित २२७ वटा मेसिन वितरण गरेको छ ।
नगरपालिकाले कृषकलाई साना सिंचाई कार्यक्रम अन्तरगत १८२, मकै छोडाउने २७ र धान काट्ने १८ वटा मेसिन वितरण गरेको हो ।
साना सिंचाई यान्त्रिकरण कार्यक्रम अन्तरगत चालु आर्थिक वर्षमा ४५ वटा सिंचाई मेसिन वितरण गर्ने राखेको नगरपालिकाले किसानको माग सिंचाईमा बढेपछि लक्ष्य भन्दा चारगुणा बढी १८२ वटा सिंचाई सामग्री वितरण गरेको जनाएको छ ।
चालु आवमा साना सिंचाईको माग गरेर आवेदन दिने सबैलाई सिंचाई मेसिन वितरण गरेको विर्तामोड नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र कडरियाले जानकारी दिनुभयो ।
अघिल्लो वर्ष चालु आवमा साना सिंचाईतर्फ ४५ वटा, मकै छोडाउने मेसिन २० र ९ वटा धान काट्ने मेसिन वितरण गर्ने लक्ष्य राखेको नगरपालिकाले कृषकको माग अनुसार तिनवटै प्रकृतिका मेसिन वितरणको संख्यामा बृद्धि गरेको जनाएको छ ।
नगरपालिकाले चालु आवमा सिंचाईतर्फ ४५ वटा बढाएर १८२, मकै छोडाउने मेशिनमा २० बाट बृद्धि गरेर २७ तथा धान काट्ने मेसिनमा पनि लक्ष्य भन्दा डबल बृद्धि गरी १८ वटा वितरण गरेको जनाइएको छ ।
कृषि यान्त्रीकरणका लागि ७२ लाख ८० हजारको लागतमा साना सिंचाइका १८२ वटा सामग्री वितरण गरेको छ भने प्रतिगोटा १५ हजारको लगानीमा २७ वटा मकै छोडाउने मेसिन र प्रतिगोटा १६ हजारको लगानीमा १८ वटा धान काट्ने मेसिन वितरण गरेको कृषि शाखा प्रमुख कडरियाले बताउनु भयो । नगरपालिकाले कृषकलाई ८५ प्रतिशत अनुदानमा ती मेसिनहरु वितरण गरेको जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारविर्तामोड नगरपालिकाद्वारा कृषकलाई २२७ उपकरण वितरण
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img