Homeसमाचारचीन र भारतबीच भएको लद्दाख भिडन्तप्रति संयुक्त राष्ट्रसंघको चासो

चीन र भारतबीच भएको लद्दाख भिडन्तप्रति संयुक्त राष्ट्रसंघको चासो

भारत र चीनका सेनाबिच लद्दाखको पूर्वीभाग गलवानमा भएको भारत र चीनबिच विवादित सीमा क्षेत्रलाई लिएर पछिल्लो ४५ वर्षमा पहिलोपटक मानवीय क्षति हुने गरी भएको भिडन्तप्रति भिडन्त र त्यसमा २० भारतीय सैनिकको ज्यान गएको घटनाप्रति संयुक्त राष्ट्रसंघले चासो र चिन्ता व्यक्त गरेको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले दुवै पक्षलाई अति संयम अपनाउन आग्रह गर्नुभएको छ। गुटरेसका प्रवक्ताका अनुसार लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) मा भएको भिडन्तप्रति गुटरेसले चासो व्यक्त गर्दै आगामी दिनमा अति सावधानी अपनाउन आग्रह गर्नु भएको छ।
गुटरेसका सहायक प्रवक्ता एरी कानेकोले मंगलबार भने, ‘भारत र चीनबिचको एलएसीमा भएको भिडन्त र सैनिकको ज्यान गएको घटनाप्रति हाम्रो गम्भीर चासो छ । हामी दुवै पक्षलाई अति संयमता अपनाउन आग्रह गर्छौँ ।’
गलवानमा भएको उक्त भिडन्तमा कुनै पनि गोर्खा सैनिकको मृत्यु नभएको बताइएको छ । सोमबार राति भारत चीनबीच भएको उक्त भिडन्तमा ज्यान गुमाउनेहरुमा १६ जना विहार रेजिमेन्टका सैनिकहरु रहेको बताइएको छ स
पूर्वी लद्दाखको गलवान उपत्यकाको सीमा क्षेत्रमा सोमबार राति भएको भिडन्तमा भारतीय सेनाका एक कमाण्डर र १९ जवानसहित २० जनाको ज्यान गएको भारतले जनाएको हो ।
भारत र चीनबीच लद्दाखको गलवानमा भिडन्त भएपछि नेपालमा छुट्टीमा आएका गोर्खा रेजिमेन्टहरु भने फर्कन थालेका छन् । उनीहरु रुपन्देहीको बेलहिया नाकाबाट भारतीय सेनामा भर्ती भएका १८ जना गोर्खा रेजिमेन्ट सैनिकहरु भारत प्रवेश गरेको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक ईश्वरी अधिकारीले जानकारी दिनु भएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारचीन र भारतबीच भएको लद्दाख भिडन्तप्रति संयुक्त राष्ट्रसंघको चासो
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img