Homeसमाचारमेची अञ्चल अस्पतालका २५ स्वास्थ्यकर्मी क्वारेन्टिनमा

मेची अञ्चल अस्पतालका २५ स्वास्थ्यकर्मी क्वारेन्टिनमा

भद्रपुर २ असार । अस्पतालमा गत शनिबार भर्ना भएका एकजनामा कोरोना संक्रमण पुष्टि भएपछि मेची अञ्चल अस्पताल भद्रपुरका २५ जना बढी स्वास्थ्यकर्मी क्वारेन्टिनमा बसेका छन् भने अस्पतालको आईसियु कक्ष शील गरिएको छ ।
अस्पतालका २ जना फिजिसयन, ३ जना मेडिकल अधिकृत, आइसियुका ८ जना नर्स, ईमरजेन्सी, ल्याबका कर्मचारी, एक्स–रेका कर्मचारीसहित २५ जना बढी क्वारेन्टिनमा बस्नु पर्ने अवस्था आएको अस्पतालका मेडिकल सुपरिटेण्डेट डा. पिताम्बर ठाकुरले बताउनु भयो । अस्पतालले तयार गरेको क्वारेन्टिन र स्वास्थ्यकर्मीको क्वारटलाई क्वारेन्टिनको रुपमा प्रयोग गरिने डा. ठाकुरको भनाई छ ।
जेठ २९ गते भारतबाट आएका भद्रपुर नगरपालिका–८ का ती व्यक्ति मेची बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका थिए । छातिमा समस्या भएपछि शनिवार मेची अञ्चल अस्पताल पुगेका ती व्यक्तिलाई ईमरजेन्सीबाट आईसियुमा राखिएको थियो । सोमबार संक्रमणको पुष्टि भएपछि उनको थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विपत्रान प्रतिष्ठान धरान लगिएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारमेची अञ्चल अस्पतालका २५ स्वास्थ्यकर्मी क्वारेन्टिनमा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img