
झापा १ असार । अग्रज पत्रकार चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको पारिवारिक स्रोतले जनाएको छ ।
आइतबार टाउको दुखेर स्वास्थ्य परीक्षणका लागि विर्तामोडस्थित विर्तासिटी हस्पिटलमा पुग्नु भएका पत्रकार भण्डारीको मस्तिष्कको नशामा रगत जाम (ब्लकेट) भएको पाइएपछि तत्कालै शल्यक्रिया गरिएको थियो ।
उहाँ शल्यक्रिया विर्तासिटी हस्पिटलका न्युरो सर्जन डा. चन्द्रप्रकाश लिम्बू नेतृत्वको टोलीले डेढ घण्टा लगाएर सफल शल्यक्रिया गरेको नेपाल पत्रकार महासंघ झापाका पूर्व सभापति कृष्ण हुमागाँईले जानकारी दिनुभयो ।
कञ्चनजंघा एफएमका संस्थापक प्रबन्ध निर्देशक तथा लोकतान्त्रिक आन्दोलनका अथक योद्धा भण्डारी सघन उपचार कक्षबाट क्याविनमा सारिएको तथा जाउलो समेत खुवाइएको भण्डारीका छोरा सुब्रत भण्डारीले जानकारी दिनुभयो ।

































































































