Homeसमाचारकोरोना संक्रमणबढी जोखिममा क्यान्सरका विरामी

कोरोना संक्रमणबढी जोखिममा क्यान्सरका विरामी

कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी जोखिम क्यान्सरका विरामीमा हुने बैज्ञानिकहरुले बताएका छन् ।
अनुसन्धानमा संलग्न सियाटलमा रहेको स्वीडिस क्यान्सर इन्स्टिच्यूडका डा. हेनरी काप्लान र अध्ययन प्रतिवेदनका अनुसार कोरोना भाइरसको संक्रमण भएका क्यान्सर रोगीको एक महिना भित्र निधन हुने देखिएको छ । यस्तै हाइड्रोक्सिक्लोरोक्वीन र एजिग्रोमाइसिन नामक एन्टिबायोटिक दिएर उपचार गर्दा कोरोना भाइरस संक्रमिको मृत्यु हुने सम्भावना बढ्ने देखिएको पनि अनुसन्धानकर्ताले बताएका छन् ।
क्यान्सरबाट ग्रसित भएका वा क्यान्सरलाई जितेका ९२८ जनामा कोरोना भाइरस संक्रमित मध्ये १३ प्रतिशतको मृत्यु संक्रमणको ३० दिन भित्र भएको देखिएको मेडआर एक्सआइभीले बिहीबार प्रकाशित गरेको अध्ययनमा ४० वर्षमुनिका व्यक्तिमा संक्रमणको दर २० प्रतिशतबाट बढेर ४० पुगेको देखिएको समाचार संस्था रोयटर्समा उल्लेख छ ।
अमेरिकाको वासिङ्गटन राज्यमा संक्रमणले उच्च तह पार गर्दा ६० वर्ष भन्दा माथिको उमेरका व्यक्तिमा संक्रमण दर १० प्रतिशतले कम भएको देखिएको तर कम उमेरका व्यक्तिमा संक्रमण दर तीव्र गतिमा बढेको पाइएको अध्ययनमा उल्लेख छ ।
युवाहरुमा संक्रमण भए पनि बिरामी नपर्ने भएकाले उनीहरुलाई धेरै अवस्थामा आफूलाई भाइरस रहेको थाहा नहुने र त्यसले गर्दा अरुमा संक्रमण फैलिने जोखिम हुने उनले बताएका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकोरोना संक्रमणबढी जोखिममा क्यान्सरका विरामी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img