Homeसमाचारकांग्रेसले बुझायो सरकारलाई ज्ञापन : पिसिआर टेस्ट, विभेदरहित राहत र सवल क्वारेन्टिनको...

कांग्रेसले बुझायो सरकारलाई ज्ञापन : पिसिआर टेस्ट, विभेदरहित राहत र सवल क्वारेन्टिनको माग

भद्रपुर १० जेठ । नेपाली कांग्रेस झापा क्षेत्र नम्बर–३ तथा कचनकवल गाउँ समितिले कोरोना संक्रमणले महामारीको स्वरूप लिएको कचनकवलमा पिसिआर स्वास्थ्य जाँच, विपन्नलाई राहत तथा क्वारेन्टिन व्यवस्थापनको माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
क्षेत्रीय सभापति गणेश पोखरेल, महासमिति सदस्य भूमिप्रसाद राजवंशी, क्षेत्रीय सचिव गायत्रीप्रसाद भट्टराई, क्षेत्रीय प्रदेश सभापति चिन्तामणि खरेल, जिल्ला सदस्य सिताराम खड्काको टोलीले कचनकवलमा रहेका ४ वटा क्वारेन्टिन व्यवस्थित नभएको, त्यहाँबाट उत्पन्न हुने फोहोरले आसपासका बासिन्दामा संक्रमण त्रास बढेको, सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीको अस्थायी पोष्ट बस्न योग्य नभएको तथा क्वारेन्टिन स्थलमा रहेका अधिकांसको पिसिआर परीक्षण नगर्दा त्रास उत्पन्न भएको स्पष्ट पार्दै पिसिआर परीक्षण, क्वारेन्टिन व्यवस्थापन लगायतका माग राखेर झापाका प्रमुख जिल्ला अधिकारी उदयबहाद्र रानामगर मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा भनिएको छ— ‘कोरोना संक्रमणबाट उच्च प्रभावित क्षेत्र कचनकवल गाउँपालीकामा भारतबाट आएका र शंकास्पद व्यक्तिलाई राख्न बनाइएका ‘क्वारेन्टिन’ स्थलहरूमा देखिएको चरम लापरवाही पूर्ण अव्यस्थापनले त्रास बढाएको छ । कोरोना महाव्याधि विरुद्धको युद्धको अग्र मोर्चामा रहेका प्रहरीहरूलाई उपलब्ध गराउनु पर्ने न्यूनतम सुविधाप्रति सरकार उदासिन छ । कचनकवल गाउँपालिकाका विपन्न वर्गलाई राहत दिने काममा सरकारी उदाशीनताले भोकमरी संकट आएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’
यस्तै ज्ञापन पत्रमा सरकारसित निम्नानुसारका माग रमेत अगाडि सारिएको छ
क) स्वाव संकलनका लागि आवश्यक किट्स लगायत प¥र्याप्त स्वास्थ्य सामग्रीको व्यवस्था गरी क्वारेन्टिन स्थलमा बस्दै आएका सम्पूर्ण व्यक्तिहरुको स्वाव संकलन गरी त्यसको अविलम्व पीसीआर विधिबाट परीक्षण गरियोस् । र, उनिहरुको संक्रमणको वास्तविक स्थिती पत्ता लगाइयोस् । साथै पछि भारत लगायत देशबाट आउने सम्भावित संक्रमित व्यक्तिहरुलाई सुरक्षित तवरले तुरुन्तै क्वारेन्टिनमा राखी उनिहरुको संक्रमणको स्थिती अविलम्व पत्ता लगाइयोस् ।,
ख) संक्रमण पुष्टि भएका व्यक्तिहरुलाई तुरुन्त अलग गरी आवश्यक चिकित्सकीय सेवा प्रदान गरियोस् । र, क्वारेन्टिनमा बस्ने संक्रमण नदेखिएका व्यक्ति तथा समुदायलाई संक्रमणको जोखिमबाट बचाइयोस् ।
ग) क्वारेन्टिन स्थलमा रहने बस्ने व्यक्तिहरुको बिचमा मापदण्ड बमोजिमको भौतिक दूरी कायम गरियोस् ।
घ) क्वारेन्टिन स्थलमा प्रयोग हुने शौचालय, खानेपानी, स्नान घर जस्ता आधारभूत आवश्यकताका वस्तुहरुको प्रयोगमा सुरक्षा सावधानीको प्रत्याभूति गरियोस् ।
ङ) क्वारेन्टिन स्थलमा सावुन, सेनिटाइजर लगायतका सरसफाईका सामाग्रीहरुको पर्याप्त व्यवस्था गरियोस् ।
च) क्वारेन्टिन स्थलमा रहेका व्यक्तिहरुले प्रयोग गरि फाल्ने सामाग्रीलाई राख्ने सुरक्षित डस्टविनको व्यवस्था गरि सो सामाग्रीलाई अन्य ठाउँमा फाल्ने स्थितीको अन्त्य गरियोस् । साथै सो सामाग्रीको सुरक्षित डिसपोज गर्ने व्यवस्था मिलाइयोस् ।
छ) क्वारेन्टिनमा बस्ने व्यक्तिहरुलाई अगाउन्जेल पौष्टिक आहारयुक्त खानाको व्यस्था गरियोस् । साथै, उनिहरुका लागि दिउसोको खाजाको व्यवस्था समेत गरियोस् ।
ज) नियमित औषधीको प्रयोग गर्दै आएका क्वारेन्टिनमा बस्ने ब्यक्तिहरुका लागि औषधी सेवनको निरन्तरताको प्रत्याभूति गरियोस् ।
झ) उनिहरुका लागि सफा ओड्ने, ओच्छ्याउने कपडाको उचित व्यवस्था गरियोस् ।
ञ) समग्रमा क्वारेन्टिनमा बस्ने व्यक्तिहरूका लागि मापदण्ड बमोजिमको बन्दोवस्तीको न्यूनतम व्यवस्था गर्दै सो स्थललाई सुरक्षित बनाई त्यहाँ बस्ने सम्भाब्य संक्रमण रहित व्यक्ति तथा समुदायलाई संक्रमणको जोखिमबाट बचाइयोस् ।
ज्ञापनपत्र बुझ्दै झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले सरकारले नागरिकका सुरक्षाका लागि नै विभिनन गतिविधि र अभियान चलाई रहेको जनाउँदै यथासक्य चाँडो प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र पठाउने प्रतिबद्धता जनाएका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकांग्रेसले बुझायो सरकारलाई ज्ञापन : पिसिआर टेस्ट, विभेदरहित राहत र सवल क्वारेन्टिनको...
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img