Homeसमाचार१५ हजार फलफूलका विरुवा वितरण योजना अनिश्चित

१५ हजार फलफूलका विरुवा वितरण योजना अनिश्चित

झापा १५ बैशाख । चालु आर्थिक वर्षमा १५ हजार फलफूलका विरुवा वितरण गर्ने जिल्ला बन कार्यालय झापाको योजना अनिश्चित भएको छ ।
विभिन्न जातका १५ हजार फलफूलका विरुवा खरिद गरेर वितरण गर्ने लक्ष्य राखिएपनि कोरोना संक्रमण जोखिमका कारण उक्त योजना कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने टुङ्गो नभएको जिल्ला वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले बताउनु भयो ।
कोरोना संक्रमण जोखिम न्युनिकरणले अर्थतन्त्रमा पारेको प्रभावका कारण बजेट के हुने भन्ने टुङ्गो नभएका कारण फलफूलका विरुवा प्रभावित हुने नहुने टुङ्गो नभएको घिमिरेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो–‘विरुवा वितरणका लागि अहिले सूचना प्रकाशित हुने बेला थियो, त्यो सब रोकिएको छ ।’
कार्यालयले यो वर्ष १५ हजार फलफूलका विरुवा वितरणका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । कोरोना संक्रमणका कारण सबै क्षेत्रको पनि बजेट रकमान्तर हुन सक्ने आंकलन गर्न थालिएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचार१५ हजार फलफूलका विरुवा वितरण योजना अनिश्चित
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img