Homeसमाचारअध्यादेश चार दिनमै खारेज

अध्यादेश चार दिनमै खारेज

काठमाडौं १२ बैशाख । गत सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको अध्यादेश शुक्रबार खारेज गरिएको छ । सोमबार मन्त्री परिषदको सिफारिसमा जारी गरेको दुई अध्यादेश एक चार दिनमैै मन्त्री परि षदको बैठकले दुवै अध्यादेश फिर्ता लिने निर्णय गरेसंगै मन्त्री परिषदको सिफारिसमा राष्ट्रपतिले अध्यादेश खारेज गर्नुभएको हो । सरकारद्वारा जारी अध्यादेश ५ दिनमै खारेज भएको शायद यो पहिलो घटना हो ।
शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विवादमा परेको उक्त अध्यादेश फिर्ता लिने निर्णय लिएको थियो। सरकारले संवैधानिक निकायमा नियुक्तिका लागि बहुमतीय प्रावधानसहित पारित गरेको अध्यादेश पनि फिर्ता लिने निर्णय गरेपछि राष्ट्रपतिले खारेज गरिदिनु भएको हो ।
आज मिति २०७७साल बैशाख १२ गते शुक्रबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा ९२० को खण्ड ९ख० बमोजिम देहाय बमोजिमका अध्यादेशहरु खारेज गर्नु भएको छु, राष्ट्रपतिको कार्यालयले भनेको छ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारअध्यादेश चार दिनमै खारेज
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img