Homeसमाचारअर्जुनधारामा प्याब्सनद्वारा नगर राहतकोषमा लाख बढीको सहयोग

अर्जुनधारामा प्याब्सनद्वारा नगर राहतकोषमा लाख बढीको सहयोग

अर्जुनधारा २३ चैत । नीजि तथा आवासीय विद्यालयहरुको छाता संगठन प्याब्सन अर्जुनधाराले अर्जुनधारा नगरपालिकाले स्थापना गरेको कोरोना भाइरस (कोभिड–१९) जोखिम न्यूनिकरण व्यवस्थापन तथा राहत कोषमा एकलाख पाँच हजार मूल्य बराबरको जिन्सी सामग्री हस्तान्तरण गरेको छ ।
कोरोना भाइरस संक्रमण जोखिम न्युनिकरणका लागि मुलुक लकडाउनका अवस्थामा रहेका बेला श्रमजीवीहरुका लागि कम्तीमा गाँसको व्यवस्था गर्नुपर्ने उत्पन्न परिस्थितिलाई सहयोग पुर्याउने उद्देश्यले नगरक्षेत्रमा सञ्चालित नीजि विद्यालयहरुका तर्फबाट उक्त सामग्री हस्तान्तरण गरिएको प्याब्सन नगर अध्यक्ष रुद्र सिटौलाले बताउनु भएको छ ।

प्याब्सनको केन्द्रीय कार्यक्रम अनुसार नै नगर क्षेत्रभित्रका नीजि विद्यालयहरुको छाता संगठन प्याब्सनले एकलाख पाँचहजार मूल्य बराबरको २५ सय केजी चामल नगरप्रमुख हरिकुमार रानासहितको टोलीलाई हस्तान्तरण गरेको प्याब्सन अर्जुनधाराका सचिव राजेश आचार्यले जानकारी दिनुभयो । अर्जुनधारामा ३० वटा प्याब्सन आवद्ध नीजि विद्यालयहरु रहेका छन् ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारअर्जुनधारामा प्याब्सनद्वारा नगर राहतकोषमा लाख बढीको सहयोग
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img