Homeसमाचारतरकारी आयात नगर्ने निर्णय

तरकारी आयात नगर्ने निर्णय

झापा २३ चैत । पूर्वी नेपाल तथा छिमेकी भारतीय भूमिमा उत्पादिन तरकारी जन्य वस्तुको नेपालकै दोस्रो ठूलो बजार कृषि उपज बजारका व्यापारी व्यवसायीहरुले सरकारबाट अर्को निर्णय नभएसम्म आइतबारदेखि भारतबाट तरकारी तथा फलफूल आयात नगर्ने निर्णय गरेका छन् ।

भेलामा सहभागी व्यापारी तथा व्यवसायीहरु

व्यापारी–व्यवसायीहरुको कृषिथोकमा शनिवार सम्पन्न भेलाले यस्तो कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढ्न सक्ने भन्दै भारतीय बजारबाट तरकारी नल्याउने निर्णय गरेका हुन् ।
आइतबार र सोमबार दुई दिन व्यापारीहरुसंग स्टकमा रहेको तरकारी विक्री गर्ने निर्णय गरेका व्यवसायीले कोरोना संक्रमण जोखिमको अवस्थालाई मध्यनजर गर्दै लकडाउन सम्बन्धी सरकारले अर्को निर्णय आएसम्म भारतीय बजारबाट तरकारीको आयात नगर्ने उनीहरुको भनाई छ ।
नेपालमा भन्दा भारतमा कोरोनाको संक्रमण जोखिम जटिल भएको अवस्थामा तरकारी आयात गरिरहँदा त्यहीबाट पनि नेपालमा कोरोना भित्रन सक्ने कुरालाई आँकलन गर्दै गरिएको निर्णयमा ३९ जना तरकारी व्यापारी तथा व्यवसायीले हस्ताक्षर गरेको व्यवसायी रामसिंह यात्रीले जनाएका छन् ।
कृषि उपज बजारस्थलमा नेपाल तथा भारतका विभिन्न ठाउँबाट संकलित तरकारी तथा फलफूल झापाका विभिन्न बजारसहित नारायणघाट, बुटबल, पोखरा लगायतका ठूल्ठूला बजारहरुमा पुग्ने गरेको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारतरकारी आयात नगर्ने निर्णय
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img