Homeशिक्षाईश्वरीका नाममा जोइन्टले दुईजनाको उपचार गर्ने

ईश्वरीका नाममा जोइन्टले दुईजनाको उपचार गर्ने

अर्जुनधारा २ चैत । सामाजिक कार्यमा सक्रिय भूमिका खेल्दै गएको जोइन्ट हेन्ड युथ सोसाइटी बुद्धशान्ति–३ झापाको पहलमा झापाका दुई जना बिरामीले निःशुल्क उपचार पाउने भएका छन् ।
प्रत्येक वर्ष दुई जना टाउको तथा नशा सम्बन्धि (न्युरो)–का बिरामीलाई निःशुल्क उपचार गरिने सम्झौता भएको छ । अर्जुनधारा –१० का सुमनकेसर प्रसाईंले आप्mनो श्रीमति इश्वरी प्रसाईंको नाममा ‘इश्वरी प्रसाईं स्मृति निःशुल्क स्वास्थ उपचार” को नाममा दुईजनाले नशा वा टाउको सम्बन्धी उपचार पाउने भएका हुन् ।
काठमाण्डौंस्थित अन्नपूर्ण न्युरोलोजिकल इन्स्टिच्युट एन्ड एलाइड साइन्सेस प्रा. लि. मा गत वर्ष टाउकाको उपचाररत अवस्थामा अस्पतालमै निधन भएकी इश्वरी प्रसाईको नाममा सेवा सुबिधा अन्तर्गत सम्झौता अनुरुप उपचार गराउने सम्झौता भएको हो । उक्त सम्झौताको अख्तियारीको जिम्मा जोइन्ट हेण्डले पाएको हो ।
अस्पतालले गर्ने सहमतिको अख्तियारी जोइन्ट हेन्ड युथ सोसाइटीका अध्यक्ष सञ्जील प्रसाईंलाई दिइएको हो । उक्त अख्तियारी हस्तान्तरण कार्यक्रममा अर्जुनधारा–१० का वडा अध्यक्ष बलदेब गोम्देन, परिवारका तर्फबाट सुमनकेसर प्रसाईं र छोरा बिप्लव प्रसाईं, पत्रकार तीर्थ तिम्सिना, रोसन भट्टराई, सोसाईटीका सल्लाहकार प्रकाश भण्डारी, कानूनी सल्लाहकार हर्क परियार, सचिव गोकुल पौडेल, कोषाध्यक्ष प्रवेश भट्टराई, दिनेश खतिवडा, केशव तिम्सिना लगायतको उपस्थिति रहेको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
शिक्षाईश्वरीका नाममा जोइन्टले दुईजनाको उपचार गर्ने
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img