Homeशिक्षाविर्तामोडेलको २४ औं वार्षिकोत्सवः पत्रकार संग्रौलासहित उत्कृष्ठलाई पुरस्कार र सम्मान

विर्तामोडेलको २४ औं वार्षिकोत्सवः पत्रकार संग्रौलासहित उत्कृष्ठलाई पुरस्कार र सम्मान

विर्तामोड १० फागुन । गोमेन्द्र बिर्ता मोडेल माध्यमिक बिद्यालयले २४ औं वार्षिकोत्सवको विविध कार्यक्रमसहित सम्पन्न गरेको छ । विद्यालयको २४ औं बार्षिकोत्सवको अवसरमा विद्यालयले एकजना पत्रकारसहित दर्जन बढीलाई सम्मान गरेको थियो ।
शनिवार गोमेन्द्र महाविद्यालयमा विद्यालयका संस्थापक गणेश खनालको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका नगर शिक्षा प्रमुख तिलचन भण्डारीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमकामा स्व. जयनारायण स्मृति पुरस्कारबाट मेची टाइम्स दैनिकका सम्पादक सुशिला संग्रौलालाइ पुरस्कृत गरिएको छ ।
पुरस्कृत व्यक्तित्वलाई प्रमुख अतिथि तिलचन भण्डारी र कार्यक्रमका अध्यक्ष गणेश खनालले लगायतले नगद, प्रमाणपत्रसहित दोसल्लाले सम्मानसहित पुरस्कृत गरेका थिए । त्यसैगरी अभिभावक सम्मानमा सन्तोष निरौला र आरती निरौला, दिवाकर दास र गीता दास, कृषि मैनाली लगायतलाई नगदसहित प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो ।

वार्षिकोत्सवमा आगन्तुकको स्वागतका लागि आफ्नै भेषभूषमा सजिएर बसेका बालिकाहरु ।


कार्यक्रममा टाइजेयर स्टुडेण्ट मनषा बिमली, स्टुडेन्ट अफ दी एयरबाट निश्चल भण्डारी लगायत सम्मानित भएका थिए । त्यसैगरी २०७५ को एसइइमा ए ग्रेड ल्याउने ४ जना विद्यार्थीलाई नगद ५–५ हजारका दरले पुरस्कृत गरिएको थियो । पुरस्कृत हुने विद्यार्थीहरुमा उत्सव न्यौपाने, सौरव गुप्ता, प्रमिष राई र पंकज घिमिरे रहनु भएको छ । उहाँहरुलाई स्कूलका डाइरेक्टर उत्तम खनाल लगायत अतिथिहरुले पुरस्कृत गर्नु भएको थियो ।
त्यसैगरी स्व. देवका ढकाल स्मृति प्रतिष्ठान पुरस्कारबाट पाँच जना विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ । पुरस्कृत हुनेहरुमा संयोग पाठक, करिव अधिकारी, अदिती आचार्य, निश्चल भण्डारी र कविना कार्की रहेका छन् । पुरस्कृत विद्यार्थीलाई प्रतिष्ठानका अध्यक्ष गंगाराम ढकालसहित ढकाल परिवारले नगद राशीसहित पुरस्कृत गरेका हुन् । त्यस्तै कार्यक्रममा दाताराम–धनमाया पुरस्कारबाट विद्यालयका जेहेन्दार विद्यार्थी राम मल्लिकलाई नगद २ हजारले रविन खनालले पुरस्कृत गर्नुभएको थियो ।
त्यस्तै स्व. धनमाया पुरस्कार र वर्गीय पूजा शर्मा पुरस्कारबाट कक्षा ११ को परीक्षा उत्कृष्ट नमिता अधिकारी पुरस्कृत हुनुभएको छ भने विद्यालयकी कर्मचारी अनिता थापा मगरलाई सम्मान गरिएको छ ।
कार्यक्रमा विद्यालयका सहायक प्रिन्सिपल कमल रेग्मी, सम्मानित व्यक्तितर्फबाट सुुशिला संग्रौला, अभिभावक कमल लुईटेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
प्रिन्सिपल उत्तम खनालले विद्यालयको गतिविधि तथा भावी योजनाबारे प्रकाश पारेको कार्यक्रममा सह–प्रिन्सिपल गीता खनालले स्वागत र सञ्चालन शिक्षक शेखर पाण्डेले गर्नुभएको थियो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
शिक्षाविर्तामोडेलको २४ औं वार्षिकोत्सवः पत्रकार संग्रौलासहित उत्कृष्ठलाई पुरस्कार र सम्मान
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img