Homeसमाचारचेतनाको मुनाफा ३२ लाख बढी

चेतनाको मुनाफा ३२ लाख बढी

शनिश्चरे २३ पुस । अर्जुनधारा नगरपालिका–७ स्थित महिला चेतना बहुउद्देश्यीय सहकारी संस्थाको १६ औं बार्षिक साधारणसभा स्थानीय गुरागाई भवनमा बुधबार सम्पन्न भएको छ ।
झापा जिल्ला सहरकारी संघका सचिव यु्वराज ढकालको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभामा संस्थाका अध्यक्ष निलाकुमारी दाहालले र ब्यवस्थापकका तर्फबाट उमा थापाले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको हो ।
२ हजार १ सय १४ जना शेयर सदस्य रहेको उक्त संस्थामा १ करोड ६१ लाख ५७ हजार एकसय २० रुपैयाँ शेयर पूजी रहेको र एक बर्षको अवधिमा ३२ लाख ५८ हजार ६ सय ७५ रुपैयाँ मुनाफा आर्जन गरेको ब्यवस्थापक थापाले जानकारी दिनुभयो ।

लेखा समितिको तर्फबाट संयोजक सोमन लुइटेलले लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा संस्थाका जेष्ठ सदस्य अम्बिकादेवी बराल, उत्कृष्ट उद्यमी अम्बिका मगर, रोहिणी गौतम, झमककुमारी मोक्तान, यामकुमारी मानन्धर, शान्ता तामाङ, नर्वदा बस्नेत, दिलकुमारी घिसिङ, देवीमाया सञ्जेल, अनिता राई, कल्पना उपरकोटीलाई सम्मान गरिएको थियो । यसैगरी उत्कृष्ट निक्षेपकर्ता मिना दुलाल, बछालादेवी रिमाल, रतनकुमारी भट्टराई, इन्दिरा दवाडी, र राधादेवी पौडेललाई नगद राशी र सम्मानपत्रसहित सम्मान गरिएको थियो ।
अध्यक्ष दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि ढकाल, दैवीप्रकोप ब्यवस्थापन समितिका अध्यक्ष केदार पराजुली, अर्जुनधारा नगरपालिका पशुपंक्षी विकास शाखाका प्रतिनिधि बेनुप बस्नेत, जुकेखाडी सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष दिब्यप्रसाद कट्टेल, लालीगुरास महिला कृषि सहकारी संस्थाका अध्यक्ष मेनुका पौडेललगायतले शुभकामना मन्तब्य राखेका थिए ।
संस्थाका उपाध्यक्ष पार्वती भट्टराइले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव गीता अधिकारीले गर्नुभएको थियो

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारचेतनाको मुनाफा ३२ लाख बढी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img