Homeसमाचारलुटिएको हतियार जलेको अवस्थामा फेला

लुटिएको हतियार जलेको अवस्थामा फेला

झापा फागुन । दमक नगरपालिका–६ थाना रोडस्थित इलाका प्रहरी कार्यालय दमक नजिकै झाडीमा लुटिएको राइफल जलेको अवस्थामा फेला परेको छ । प्रहरीका अनुसार बिहीवार साँझ इलाका प्रहरी कार्यालय दमकबाट करिब २० मिटर उत्तर–पूर्वतर्फ रहेको स्थानीय याम्जि श्रेष्ठको खाली जग्गामा गस्ती गर्ने क्रममा प्रहरी टोलीले हतियार फेला पारेको हो ।
फेला परेको y१३४८७ नम्बरको मार्क–४ राइफलको काठको भाग पूर्ण रूपमा जलेको तथा हतियारका अधिकांश भागमा खिया लागेको अवस्थामा रहेको प्रहरीले जनाएको छ। उक्त हतियार इलाका प्रहरी कार्यालय दमकमा ल्याई सुरक्षित राखिएको छ ।
अनुसन्धानका क्रममा उक्त राइफल २०८२ भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको हतियार भएको अभिलेखबाट पुष्टि भएको प्रहरीले जनाएको छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारलुटिएको हतियार जलेको अवस्थामा फेला
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img