बिर्तामोड ७ असोज । भ्रष्टाचार विरुद्धको अभियानमा लामो समयदेखि आवाज उठाउँदै आएको हेम–सरिता फाउण्डेसनका संरक्षक हेम पाठकले जेन्जी आन्दोलनका क्रममा गोली चलाउने आदेश दिनेलाई कारवाहीको माग गरेका छन् ।
दशैंको घटस्थापनाका दिन नवदुर्गा भवानीको पूजा अर्चनाका क्रममा भ्रष्टाचार विरुद्धका अभियान्ता पाठकले भ्रष्टाचारको अन्त्य हुनुपर्ने मुख्य माग राखेर प्रदर्शनमा उत्रिएका जेन्जीहरुलाई गोली हान्न आदेश दिनेलाई कारवाही गर्न वर्तमान सरकारसंग माग गरेका हुन् ।
साथै उनीहरुले उठाएको माग बमोजिम नेपालमा भ्रष्टाचारको अन्त्य हुनुपर्ने र भ्रष्टाचारमा संलग्नलाई तुरुन्त कारवाही गर्न सरकार समक्ष माग समेत गरेका छन् ।
गत भदौं २३ र २४ गते जेन्जी समूहले देशभर गरेको प्रदर्शनका क्रममा सुरक्षा निकायले चलाएको गोली लागेर ७२ जनाले ज्यान गुमाइसकेका छन् ।
हेम–सरिता फाउण्डेसनले लामो समयदेखि भ्रष्टाचार विरुद्ध कलम चलाउने पत्रकार, गीतकार र गायक, भ्रष्टाचार विरुद्धका कविता सिर्जना गर्ने सर्जकलाई बार्षिक रुपमा पुरस्कृत गर्दै आएको छ ।
भ्रष्टाचार विरुद्ध आवाज उठाउँदा गोली हान्ने आदेश दिनेलाई पाठकद्वारा कारवाहीको माग

































































































