Homeसमाचारकाब्यमार्फत सीमा अतिक्रमणको खबरदारी

काब्यमार्फत सीमा अतिक्रमणको खबरदारी

विर्तामोड/ दार्चुलाको नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो भएको भन्दै नक्सा सार्वजनिक गरेपछि विगत एकडेढ महिनायता देशभर कुनै न कुनै रुपमा भारतलाई मिचिएको भू–भागबाट पछि हट्न दवाव बढाइरहेका छन् । यसै सन्दर्भमा देश र माटोप्रतिको अगाध स्नेह र भक्तिभाव पोखिएका रचनामार्फत कवि साहित्यकारहरुले संगठित रुपमै खबरदारी गरे ।
छिमेकीको बानी र प्रबृत्तिबारे कवि हरिप्रसाद न्यौपाने साहित्यमार्फत गरेको खबरदारी कविताको केही अंश
कस्तो दुष्ट खराब भारत अहो ! मेरो छिमेकी छुसी,
गाड्ने नेत्र सधैं पराय धनमा देखिन्न कैल्यै खुशी ।
कैले पुग्छ कुदेर सन्दकपुरी कैले छ ताक्दै लिपु,
अर्काको धनमा छ चित्त जहिल्यै हो आततायी रिपु ।।

छन्द कवि हरिप्रसाद न्यौपानेले आफ्नै लोकलयमा सीमाना मिच्ने भारतको हेपाहा प्रबृत्तिप्रति साहित्यको माध्यमबाट तिखो व्यङ्ग्य गर्दै लेखिएको यो कविताले अहिले आम नेपालीको भावलाई समेटेको अनुभूत हुन्छ ।
भारततिर लक्षित शब्दका क्षेप्यास्त्र हान्ने क्रममा साहित्यकार कोमलप्रसाद पोखरेल आफ्नो सिर्जनामार्फत भन्छन्
तिम्रा सामु कदापी भन्नु नपरोस् हामी भयौ निर्धनी
आधा इन्च भएपनि सजननी छाड्दैनौ कैलेपनि ।

साहित्य सिर्जना हो, समाज हो, यसले समाज बोल्छ, देश बोल्छ, विकृति र विसंगति विरुद्ध खडा भएर उभिन्छ, हो पूर्वका साहित्यकारहरु अहिले सीमानाको रक्षार्थ उभिएका छन् । उनीहरुका रचनामा देश दुखेको छ, अनि देश दुखाउने विरुद्ध शब्दका माध्यमबाट पटाक्षेप गरे ।
नजर लगाउने छिमेकी बहुमुखी प्रतिभाका धनी स्रष्टा मातृका संग्रौलाले मुन्धुमी शैलीमा खबरदारी गरे ।
‘कोखामा दारा धस्तै छौं आज :– भुतभुते खन्याउलान दुनियाँका माझ,
बारम्बार सताउँदा खप्ने हो कति :– दिन दिनै गर्दै छौ झन अति अति तताई पुन्यूँ डाम्ने दिन आउला :- विश्वका सामुन्य रुदैं बकौलौ
नेपाल आमाको यो दुःख देखीः कतिदिन पर्खेलान् कविता लेखी

पूर्वी पहाडमा खास गरी लिम्बू समुदायको संस्कार-संस्कृतिका रुपमा रहेको मुन्धुमको शैलीमा संग्रौलाले मुन्धुम समाउँदा नमाने तातो पानी खन्याउन र खुर्सानीको ध्वाँ लाउन पनि पछि नपर्ने भाव पोखे ।
मिचिएको सीमाना फिर्ता गराउन नेतृत्वको भूमिकाप्रति पनि कवि साहित्यकारले व्यङ्गयमार्फत झक्झक्याए । मिचिएको भूमिका बारेमा छिमेकीसंग कुरा गर्न नेतृत्वले डराउनु नहुने भाव व्यक्त गर्दै ब्यङ्ग्यमार्फत कवि दधिराम खनाल ।
काइला बाले छिमेकीसंगै मिलेको भनेर आरोप लगाउँदा
हाम्रा बा फिटिक्कै बोल्दैनन,
छिमेकीसंग वार्ताको पहल गर्दै गर्दैनन्
के हाम्रा बा हारेकै हुन त, के बाले हामीलाई माया मारेकै हुन् त
हामी त केटाकेटी के नै पो गर्न सक्छौं र ?

साहित्यको हतियार नै शब्द हो । शब्दलाई हतियार बनाएर साहित्यको माध्यमबाट छिमेकीलाई सचेत गराउन पुरुष मात्र होइन महिलाहरुका कलम पनि त्यतिकै तिखारिए । छिमेकीले हेपाई वर्षौदेखि सहेपनि अति भएपछि हतियार उठाउन पनि पछि नपर्ने तर्फ संकेत गर्दै भगवती ढुङ्गेल सिर्जनामा भन्छिन्–
दिन त्यसै अध्यारिन्छ मुटु ज्यादा चलेपछि
हैकमबादमा छिमेकीले पुस्तौंदेखि छलेपछि
को बच्चा को बयस्क लाउँछौ धार खुकुरीमा
सिमानामा गाडिएका हाम्रा किल्ला हल्लेपछि ।।

तीन दर्जन बढी कवितामा देशभक्ति र सीमाना बोलेका थिए । माटोलाई जोगाउन संघर्ष गर्ने प्रतिवद्धता व्यक्त गर्दै ज्ञानेन्द्र ढुङ्गाना खबरदारी गर्दै भन्छन्
बारम्बार नाकाबन्दी गरेर मेरो दश बर्वाद बनाउन खोज्नेहरु हो
मेरो हिमाल मेरो शान, पहाड मेरो सम्मान,
तराई मधेश मेरो स्वाभिमान हो मेरो शान,
मेरो सम्मान र मेरो स्वाभिमान विरुद्ध धावा बोल्ने,
तिमी चिरञ्जी विरुद्ध आज निर्णायक संघर्षको उद्घोष गर्छु ।

विषय समेटिएका सिर्जना प्रस्तुत भएको सो अवसरमा सरोज ओलीले मौलिकता नेपालीको हतियार भएको उल्लेख गर्दै भने फेरी हामीले खाँडो जगाउनु नपरोस् ।
भारतले सीमा नेपालको सीमा मिचेर नक्सा सार्वजनिक गरेसंगै आम नेपालीले आ–आफ्नो ठाउँबाट खबरदारी गरे पनि मिचिएको सिमा फर्काउनका लागि सरकारले भने उचित कदम चाल्न सकेको छैन । यो दुःखद कुरा हो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकाब्यमार्फत सीमा अतिक्रमणको खबरदारी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img