Homeसमाचारकालिकापीठको १६ औं अनुष्ठान शुरु

कालिकापीठको १६ औं अनुष्ठान शुरु

शनिश्चरे । कालिकापीठ कालीस्थानको १६ औं बार्षिक अनुष्ठान आइतबारदेखि प्रारम्भ भएको छ । अनुष्ठान अन्तर्गत आयोजित सप्ताहब्यापी श्रीमद्ब्रह्माण्ड महापुराण, रुद्राभिषेक महायज्ञ तथा धनधान्याचल महायज्ञको उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा प्रमुख अतिथि उमेश डालमियाले पानसमा दीप प्रज्ज्वलन र कालिका संस्कृत विद्यापीठका प्राचार्य आ. रघुनाथ रिजालले वैदिक मन्त्रोच्चारण गरी उद्घाटन गर्नुभएको हो । उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि डालमियाले कालिकापीठ दैवी शक्तिको उद्गमस्थल भएको बताउँदै यसको विकासमा सबै जुट्नुपर्ने बताउनुभयो । संस्कार र संस्कृतिको संरक्षण तथा धर्मको अनुशरणले मानिसलाई नैतिकवान, चरित्रवान र अनुशासित बनाउने उल्लेख गर्दै उहाँले धर्मको जगेर्नाले राष्ट्र समृद्ध हुने धारणा राख्नुभयो ।
कार्यक्रमका विशेष अतिथि तथा नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारीले आधुनिकताका नाममा पूर्वीय वैदिक सभ्यता, संस्कृति र धर्म क्रमशः ह्रास हुन थालेकोप्रति चिन्ता ब्यक्त गर्दै धर्म, राजनीति र संस्कारमा पश्चिमा प्रभावप्रति सजग रहँदै भाषा, भेष–भूषा, संस्कार र सस्कृतिको जगेर्नामा चनाखो बन्न आह्वान गर्नुभयो । गुरुकुलहरु मुष्ठिदानकै परम्पराबाट चल्नुपर्नेमा उहाँको जोड थियो ।


आम मानिसहरुको समान आर्थिक प्रगति र समुन्नतिको लक्षसहित लोकतन्त्रका लागि राजनीतिक विद्रोह गरेपनि हाल भोकतन्त्र हावी भएकोले राजनीतिप्रति धेरै मानिसमा वितृष्णा पैदा भएको उहाँको धारणा थियो । राजनीतिबाट भन्दा सामाजिक अभियान्ताका माध्यमबाट समाजमा स्थायी शान्ति, समृद्धि र चेतना प्रवाह सहज हुने उहाँको भनाई थियो ।
कार्यक्रमका विशेष अतिथि तथा अर्जुनधारा नगरपालिका वडा नं–१० का अध्यक्ष वलदेव गोम्देनले नयाँ पुस्तालाई धर्म, संस्कार र संस्कृतिप्रति उत्प्रेरित गर्नुपर्नेमा जोड दिदै धर्म, संस्कार र संस्कृतिको पालनाले प्रत्येक नागरिक अनुशासित हुने धारणा राख्नुभयो ।
कालिकापीठका अध्यक्ष ज्योतिषाचार्य पण्डित लक्ष्मीप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ब्यासाचार्य आचार्य रघुनाथ रिजालले ब्रह्माण्ड महापुराणमा चराचर जगतको चर्चा रहेको भन्दै सप्ताहभरि ब्रह्माण्ड महापुराणले प्रतिपादन गरेका अध्यात्म दर्शन श्रवणका लागि आह्वान गर्नुभयो । गुरुकुल शिक्षा परिषदका अध्यक्ष डिल्लीराम दाहाल, कालिका बहुदेश्यीय सहकारी संस्थाका अध्यक्ष कर्णवहादुर तामाङ लगायतले शुभकामना मन्तब्य राख्नुभएको कार्यक्रममा स्वागत तथा कालिकापीठको ऐतिहासिक पक्षबारे उपाध्यक्ष लक्ष्मीप्रसाद मिश्रले प्रकाश पार्नुभयो । कार्यक्रमको सञ्चालन इन्दु पूर्वेलीले गर्नुभएको थियो । विश्व शान्तिको कामना र निर्माणाधीन छात्रबासको सहयोगार्थ आयोजना गरिएको सप्ताहब्यापी पुराणको प्रवचन आ. रिजालले गर्नुहुनेछ भने पाठपारायण आ. नरेन्द्रप्रसाद तिम्सिना र भक्तिमय संगीत टीकाराम खनालको रहने कालिकापीठका सचिव भोलानाथ पोखरेलले जानकारी दिनुभयो ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारकालिकापीठको १६ औं अनुष्ठान शुरु
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img