बिर्तामोड १६ पुस । आदर्श स्कूल अफ मेनेजमेन्ट, बिर्तामोडको आयोजना, बिर्तामोड नगरपालिका वडा नं. ०३ को समन्वय तथा सुरुवाती कोठा नेपाल ,झापा को सम्योजन मा १५ दिने निःशुल्क बारिस्टा तथा सुसि तालिम शुरु भएको छ।
वडाका युवाहरुलाई ब्यबहारिक तथा व्यावसायिक सिप दिने उद्देश्यले तालिम शुरु गरिएको आयोजक संस्थाका डाइरेक्टर सन्जोग खरेलले बताउनु भयो। यो सीप सिक्न बीस हजारसम्म शुल्क लाग्छ । तथापी वडाका युवालाई प्रोत्साहन स्वरुपका साथै स्कूलको सामाजिक उत्तरदायित्व अन्तरगत कार्यक्रम गरिएको डाइरेक्टर खरेलले बताउनु भयो। तालिममा बिर्तामोड वडा नं. ३ का ३० जना युवाको सहभागीता रहेको बताइएकोछ।
तालिमको उद्घाटनका क्रममा बिर्तामोड नगरपालिका वडा नं. ३ की जनप्रतिनिधि लक्ष्मी रोक्काले युवाले तालिममा सिकेको सिपलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो । तालिममा सेफ मनिष अर्याल उपाध्यय ,सुमन मगरले तालिम दिने स्कूलका आउटरिच कोर्डिनेटर दिपक दासले जानकारी दिनुभयो ।
बिर्तामोड ३ का ३० युवालाई निःशुल्क बारिस्टा तालिम शुरु



















