Homeसमाचारहार्ट फाउन्डेसनकाे ३३ ओै केन्द्रीय सभा शुरू, हृदयराेगबाट बच्न स्वास्थ्य अनुशासन जरूरी

हार्ट फाउन्डेसनकाे ३३ ओै केन्द्रीय सभा शुरू, हृदयराेगबाट बच्न स्वास्थ्य अनुशासन जरूरी

बिर्तामोड १३ पुस । नेपाल हृदयराेग निवारण प्रतिष्ठान(हार्ट फाउन्डेसन) काे ३३ ओैं केन्द्रीय सभा बिर्तामोडमा शुरू भएकाे छ । दुईदिनसम्म सञ्चालन हुने सभाकाे बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईंले उद्घाटन गरेकी हुन् ।
हार्ट फाउन्डेसन झापा शाखाकाे आतिथ्यतामा भएकाे सभाकाे अध्यक्षता फाउन्डेसनका केन्द्रीय अध्यक्ष सत्यनारायण सुवालकाे सभापतित्वमा भएकाे कार्यक्रममा प्रमुख अतिथि प्रसाईं, कनकाई नगरपालिककी उपमेयर आशा शर्मा शिवाकोटी, नेपाल रेडक्रस साेसाइटी झापाका सभापति लाेकराज ढकाल, फाउन्डेसनका पूर्वअध्यक्ष डा. अवनिभूषण उपाध्याय डा. प्रकाशराज रेग्मी, केन्द्रीय सभा संयाेजक बलराम न्याैपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
प्रमुख अतिथि प्रसाईंले प्रेस्क्रिप्सन बिना नै ओैषधी किन्ने र बेच्ने दुवै गलत भएकाे बताउँदै डाक्टरकाे सिफारिस बिना नै आैषधी खरिद विक्री गर्ने क्रमकाे नियन्त्रण गर्न जरूरी रहेकाे बताउनु भयाे । जथाभावी रूपमा ओैषधी सेवनले पनि स्वास्थ्यमा गम्भीर समस्या ल्याउने उहाँको भनाइ थियाे ।
धुम्रपान नियन्त्रणका लागि बिर्तामोड नगरपालिकाले प्रयास गरेपनि सुर्तीजन्य बस्तुका ठुलाे लगानीका ठुल्ठुला डिलरमा स्टक रहेकाे सामग्री सप्लाई सक्न समय मागेमाले तत्काल असंभव रहेकाे स्पष्ट पार्नुभयाे ।
कनकाई नगरपालिकाकी उपमेयर आशा शर्मा शिवाकोटीले मन्तव्य राख्दै सरकारकाे दायित्व रहेकाे काममा अन्य संघसंस्थाहरूसंग हातमा हात मिलाएर मुटुराेग विरूद्व हातेमालाे गर्न तयार रहेकाे प्रतिवद्वता व्यक्त गर्नुभयाे।
केन्द्रीय महासचिव काेमलप्रकाश घिमिरेले स्वागत मन्तव्य राखेकाे कार्यक्रममा पूर्वअध्यक्ष डिल्लीप्रकाश घिमिरेले प्रदेश तथा जिल्ला शाखाहरूकाे प्रतिवेदन प्रस्तुत गर्नुभएकाे थियाे ।
सभामा कैलालीदेखि ताप्लेजुङसम्मका ४२ जिल्लाबाट सहभागिता रहेकाे बताईएकाे छ ।
साे क्रममा नेपाल रेडक्रस साेसाइटी झापाका सभापति ढकालले मुटु राेग विरूद्व सचेतनामुलक कार्यमा रेडक्रस संगसंगै रहेकाे बताउनु भयाे ।
बलराम न्याैपानेले निजी क्षेत्रमा उपचार गर्नै कठिन रहेकाे बताउदै ब्रेण्डेड र जेनेरेट फर्ममा ओैषधी लेख्दाकाे फरकका बारेमा जानकारी गराउनु भयाे ।
समुदायमा हृदयराेग निवारणका लागि जनचेतना जगाउने तथा साे क्षेत्रमा काम गर्नेहरूलाई प्राेत्साहन गर्ने उद्देश्यले स्थापित ओरेशन सम्मानसहित विभिन्न सम्मान र पुरस्कारमाथि छनाैट समितिका संयाेजक डा. पुष्पराज राजकर्णिकारले प्रकाश पारेका थिए ।
कार्यक्रममा मृगेन्द्र सम्झना चिकित्सा गुठी ओरेसन सम्मानबाट काभ्रेका डा. राजेन्द्रप्रसाद काेजुलाई सम्मान गरिएकाे छ । त्यसैगरी मृगेन्द्र सम्झना चिकित्सा गुठी युवा पुरस्कारबाट नगर २५ हजार राशीसहित डा. राजेस साह (धनुषा अस्पताल ), स्व. दामाेदरराज शर्मा स्मृति मुटुराेगी सेवा पुरस्कारबाट मकवानपुरका हरिबंश भेट्वाल, इण्ड आरएचडी अवार्डबाट नगद २५ हजारसहित डा. उर्मिला शाक्य, शाखा प्राेत्साहन पुरस्कारबाट ५० हजार नगदसहित धार्दिङ् शाखा र सर्वाेत्कृष्ठ शाखा सम्मानबाट चितवन शाखा सम्मानित भएकाे छ । कार्यक्रमकाे सञ्चालन उषा श्रेष्ठले गर्नुभएकाे थियाे । साे अवसरमा सम्मानित डा. काेजुले जीवनमा मुटुकाे संवेदनशीलताबारे प्रकाश पार्दै आहार, विहार र व्यायाममा ध्यान दिन सुझाउनु भयाे । शरीरका सबै अंगहरूकाे आफ्नै भूमिका रहेकाे स्पष्ट पार्दै सबैभन्दा खाद्य अनुशासन कायम राख्न आग्ह गर्नुभयाे

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारहार्ट फाउन्डेसनकाे ३३ ओै केन्द्रीय सभा शुरू, हृदयराेगबाट बच्न स्वास्थ्य अनुशासन जरूरी
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img