Homeसमाचारराष्ट्र सेवक सहकारीको चन्द्रगढीको २५ औं वार्षिक साधारणसभा सम्पन्न

राष्ट्र सेवक सहकारीको चन्द्रगढीको २५ औं वार्षिक साधारणसभा सम्पन्न

भद्रपुर मंसिर । राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्था भद्रपुर १० चन्द्रगढीको २५ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष वशिष्ठ अधिकारीको अध्यक्षता तथा नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइरालाको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको हो ।
सहसचिव सीता गुरागाईले स्वागत गरेको कार्यक्रमममा अध्यक्ष अधिकारीले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै एक करोड ७१ लाख ७८ हजार शेयर पूँजी तथा ८०८ जना शेयर धनी सहितको विवरण पेश गरेका थिए ।
सचिव नवराज पोखरेलले सञ्चालन गरेको कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठन कोशीका काँशीराज पराजुली, संगठन झापाका अध्यक्ष केदार पोखरेल, ज्ञानोदय शिक्षक बचत तथा ऋण सहकारीका अध्यक्ष गोपीकृष्ण न्यौपाने, हरिकृष्ण अधिकारी, फणिन्द्र अधिकारी लगायतले शुभकामना मन्तव्य राख्दै केही विकृत सहकारीका कारण सहकारी क्षेत्र बदनाम हुँदै गएकाले सवै शेयरधनी सचेत हुन आश्यक रहेको धारणा राखेका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारराष्ट्र सेवक सहकारीको चन्द्रगढीको २५ औं वार्षिक साधारणसभा सम्पन्न
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img